प्रचण्ड र देउवा बुद्ध एयरको जहाजमा जाँदा ओली यति एयर चढेर चितवन पुगे
चितवन, २८ बैशाख । प्रमुख तीन दलका शीर्ष नेताहरु आज चितवन गएका छन् । सत्तारुढ नेपाली काँग्रेस सभापति र प्रधानमन्त्रीसँग एमाले अध्यक्ष पनि चितवन पुगेका छन् । स्थानीय तह चुनावमा मतदाताहरुलाई सम्बोधन गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु चितवन पुगेका हुन् ।
आ-आफ्नो उम्मेदवारलाई हौसलासहित कार्यकर्तालाई थप उत्साहित गराउन तीनवटै पार्टीका शीर्ष नेता चितवन पुगेका हुन् । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभामा सहभागी हुन चितवन पुगेका हुन् ।
प्रचण्ड र देउवा दुवै जना बुद्ध एयरको जहाज चढेर आएका थिए भने ओली चाँही यति एयरलाइन्सको जहाज चढेर चितवन पुगेका हुन् । एउटै जहाज चढेर चितवन ओर्लिएका देउवा र प्रचण्डले चुनावी तालमेलको सन्देश दिन खोजेको नेताहरु बताउँछन् । चितवनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् ।
एमाले भने एक्लै चुनावी मैदानमा छ । भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार छिन् । एमालेको तर्फबाट देवी ज्ञवाली मेयर पदको उम्मेदवार बनेका छन् । तीनवटै पार्टीका नेताहरुले चितवनको भरतपुर महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचनलाई लक्षित चुनावी सभामा कांग्रेस, एमाले र माओवादीले शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।
कांग्रेस र माओवादीको संयुक्त चुनावी सभा भरतपुरको केन्द्रीय बस टर्मिनलमा र एमालेको चुनावी सभा नारायणगढको पोखरा बसपार्कमा आयोजना गरिएको छ । शीर्ष नेताहरु नै उपस्थित भएपछि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चितवनको सभालाई सम्बोधन गरेपछि देउवा लम्जुङ जाने कार्यक्रम छ भने प्रचण्ड काठमाडौं फर्किने छन् । यसैगरी ओलीले रत्ननगर, पर्सा खैरहनी र राप्तीमा हुने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












