बल्ब खरिदमा अनियमितताको आरोप पुष्टि गरे राजनीति छोड्दिन्छुः उर्जामन्त्री शर्मा
काठमाडौं, २९ बैशाख । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बल्ब खरिद प्रकरणमा अनियमितता भएको प्रमाणित गरे राजनीति छोडिदिने घोषणा गरेका छन् । बल्ब खरिद प्रक्रियामा उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले चरम आर्थिक अनियमितता गरेका आरोप लागेपछि उर्जामन्त्री शर्माले आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बल्ब खरिद प्रक्रियामा कसैले पनि एक पैसा समेत नपाउने भन्दै शर्माले उक्त विषय उछाल्नेले पुष्टि गर्नुपर्ने बताए ।
जसरी प्रतिष्पर्धा गराउने व्यवस्था छ, त्यसरी नै प्रतिष्पर्धा नगराउने व्यवस्था पनि रहेको भन्दै उनले भने, ‘केही व्यवसायी पनि आएका थिए, दिन्छौं भन्दै । मैले उनीहरुलाई भनें, ‘ल ल्याऊ अहिलेको अहिल्यै दुई करोड बल्ब । दिन्छौ ? त्यहि गुणस्तरको चाहिन्छ ।’
प्रतिस्पर्धा गर्नेले त्यही गुणस्तरको दिनुपर्ने भन्दै उर्जामन्त्रि शर्माले भने, ‘६ महिना, वर्ष दिन लगाएर हुन्छ ? दुई करोडले मात्रै पुग्दैन । दस करोड बल्ब चाहिन्छ । अब अर्को प्रक्रियामा प्रतिस्पर्धा गराउने नै हो ।’
आफ्नोबारेमा गलत समाचार लेख्ने कान्तिपुरमाथि खरो रुपमा प्रस्तुत भएका उर्जामन्त्री शर्माले भने, ‘कान्तिपुरले मैले भनेको कुरा नलेख्ने, नभनेका कुरा लेख्ने ? मैले विचार गरिरहेको छु नि, पुष्टि गरोस् कान्तिपुरले, म राजनीति छाडिदिन्छु ।’
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












