स्वास्थ्यमन्त्री गगन थापा कमिसनको खेलमा लागेको औषधि व्यवसायीको आरोप
काठमाडौं, २९ बैशाख । नेपाल औषधि आयातकर्ता संघले स्वास्थ्यमन्त्री गगनकुमार थापा मनपरितन्त्रमा चलेको आरोप लगाएका छन् । विदेशी औषधि आयातकर्ताहरुको संगठनले मन्त्री थापामाथि स्वदेशी औषधि उद्योगीहरूको दवावमा आई मनपरितन्त्रमा चलेको आरोप लगाएका हुन् । स्वास्थ्यमन्त्री थापाले आयात हुने कतिपय औषधिमा ४ सय देखि २२ सय प्रतिशत सम्म मुनाफा लिने गरेको भन्दै कार्यदल गठन गरेका थिए । त्यसैको विरोधमा नेपाल औषधि आयातकर्ता संघले शुक्रबार स्वास्थ्यमन्त्री थापालाई ज्ञापनपत्र समेत बुझाएको छ । उनीहरुले मन्त्री थापाले स्वदेशी औषधि उद्योगीहरूको दवाव र प्रलोभनमा परेर कार्यदल गठन गरेको आरोप लगाएका छन् ।
संघका अध्यक्ष अञ्जन पुडासैनीको नेतृत्वमा शुक्रबार बिहान औषधि व्यवस्था विभागको कार्यालय बबरमहलमा जम्मा भएका औषधि आयातकर्ताहरूले स्वास्थ्यमन्त्री गगनकुमार थापाको मनपरितन्त्रविरुद्ध ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले आफू निकटका औषधि व्यवसायी र उद्योगीहरूलाई लाभ हुने गरी बिरामीलाई असर पर्ने गरेर दीर्घकालीन असर पर्ने निर्णय गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
संघका महासचिव पवन आचार्यले राज्यले वैज्ञानिक आधारमा जनतालाई सहुलियत दिने गरेर हुने कुनै पनि निर्णयमा आफूहरूको साथ रहने तर, सीमित औषधि उद्योगी व्यवसायीहरूको दवावमा भए गरेका निर्णयविरुद्ध सधैँ विरोध गर्ने चेतावनी दिए ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












