पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा व्यवस्था अत्यन्तै कडा
काठमाडौं, ३० बैशाख । आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनाव लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको आयोगले जनाएको छ । पहिलो चरणमा निर्वाचित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५६ पदका लागि आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको हो ।
बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ को ३४ जिल्लामा निर्वाचन हुन लागेको हो । यस पटक चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा नेतृत्व चुनिने छ । यसैगरी २ हजार ५९८ वडामा पनि निर्वाचित प्रतिनिधि चुनिने छन् । नगर प्रमुख र उपप्रमुखमा ९७, गाउँपालिका प्रमुख÷उपप्रमुख १८६ जना चुनिने छन् ।
यसैगरी महिला सदस्य २ हजार ५९८, दलित महिला सदस्य २ हजार ५९८ र दुई जना वडा सदस्य ५१९६ जना चुनिने छन् । १३ हजार ५५६ जना जनप्रतिनिधि चुन्न पहिलो चरणमा तीन वटा प्रदेशका ४९ लाख ५६ हजार ९२५ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । यसका लागि ६ हजार ६४२ मतदान केन्द्र तोकिएको छ । ३२९ जना भने निर्विरोध चुनिसकेका छन् ।
विहीवार रातिदेखि निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ । मौन अवधिभर उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निर्वाचन आयोगले निषेध गरेको छ ।
Comments
अरु समाचार
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












