काठमाडौंमा बदर मत अत्यधिक, निर्वाचन शिक्षाको कमी महशुस
काठमाडौं, २ जेठ । निकै शिक्षितको जमात मानिएको काठमाडौंमा स्थानीयत तह निर्वाचनमा अत्यधिक मत बदर भएको पाईएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई निक्कै प्राथमिकता दिएको बताए पनि राजधानी काठमाडौंमै बदर मतको संख्या अत्यधिक पाइएको हो ।
सोमबार मध्यान्हदेखि सुरु भएर आज बिहानसम्म ६११ मतको गणना सम्पन्न भएको छ । मतगणना प्रक्रिया जति सुस्त देखिएको छ । मत गणना सुस्त देखिएपनि बदर मतको संख्या अत्याधिक देखिएको छ । काठमाडौंमा ६११ मत गणना गरिँदा ६७ मत पूर्ण बदर भएको छ भने ११९ मत आंशिक बदर भएको छ । स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष र चार सदस्यसहित सात जनालाई मतदान गर्नुपर्ने भएकाले मतदाता धेरै झुक्किएको बताइन्छ ।
सामान्यतः अन्य जिल्लाको तुलनामा शिक्षित मतदाता बसोबास गर्ने भनिएको काठमाडौंका अवस्था यस्तो रहँदा अन्य जिल्लाहरुको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । काठमाडौं महानगरपालिकामा ६११ मतको गणना हुँदा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले १७२ मतसहित अग्रता लिएका छन् ।
त्यस्तै साझा पार्टीका किशोर थापाले १२० मतसहित दोस्रो र कांग्रेसका राजुराज जोशी १०१ मतसहित तेस्रो स्थानमा छन् । विवेकशील नेपाली दलकी रञ्जना न्यौपानेले ८६ मत प्राप्त गरेकी छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












