यी हुन्, अहिलेसम्म माओवादीले जितेका स्थानीय तह (सूचीसहित)

काठमाडौं, ४ जेठ । पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत भएको मतदानको अहिले मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले अहिलेसम्म ३२ स्थानीय तहमा जितेको छ । माओवादी केन्द्रले ६ नगरपालिकासहित ३२ स्थानीय तहमा जित निकालेको हो ।
विभिन्न जिल्लाको मतपरिणाम आउने क्रममा नेपाली काँग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा रहेको छ । माओवादी केन्द्र तेस्रो नम्बरमा रहेको छ भने राप्रपा र नयाँ शत्तिले एक एक स्थानमा जित दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारले भने ४ ठाउँमा जित निकालेको छ ।
कहाँ कहाँ जित्यो माओवादीले ?
- १) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
- २) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी
- ३) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
- ४) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
- ५) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
- ६) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
- ७) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
- ८) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी
- ९) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
- १०) कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल
- ११) कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल
- १२) कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम
- १३) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
- १४) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ
- १५) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
- १६) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
- १७) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती
- १८) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी
- १९) रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा
- २०) रूकुमकाे अाठविसकाेट नगरपालिका–गोर्खबहादुर केसी
- २१) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
- २२) जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने
- २३) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा
- २४) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती
- २५) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान
- २६) जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल
- २७) जाजरकाेटकाे जुनीचाँदे गाउपालिका–कृष्णबहादुर केसी
- २८) रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ
- २९) काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा
- ३०) लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ
- ३१) गाेरखाकाे शहीद लखन गाउँपालिका–रमेश थापा
- ३२) सिन्धुपाल्चाेककाे भाेटेकाेशी गाउँपालिका– राजकुमार पाैडेल
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












