जाजरकोटमा मतगणना सम्पन्नः एमाले पहिलो, माओवादी काँग्रेस बराबरीमा
जाजरकोट, ५ जेठ । जाजरकोटमा जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका कृष्ण बहादुर केसी २ हजार ७ सय ७० मत प्राप्त गरि विजयी भएका हुन् । उनले एमालेका वेद बहादुर शाहीलाई पराजित गरे । शाहीले २ हजार २ सय ७४ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शिवा आचार्य बस्नेत २ हजार ७ सय ७८ मत प्राप्त गरि विजयी भएकी छन् । उनले एमालेकी अम्वा शाहलाई पराजित गरिन् । शाहले २२६४ मत प्राप्त गरिन् । यो गाउँपालिकामा कांग्रेस तेश्रो स्थानमा रह्यो ।
मतगणना सकियो, यस्तो छ परिणाम:
जुनीचाँदे गाउँपालिकाको मतपरिणाम सार्वजानिक भएसँगै जाजरकोटको मतगणना सकिएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा २ नगरपालिकासहित ३ स्थानीय तहमा एमाले विजयी भएको छ । एमालेले भेरी नगरपालिका, छेडागाड नगरपालिका र शिवालय गाँउपालिकामा जित हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्र १ नगरपालिकासहित २ स्थानीय तहमा विजयी भएको छ । माओवादीले त्रिवेणी नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा जित हासिल गरेको छ । नेपाली काँग्रेसले भने दुई गाउँपालिकामा मात्रै जित हासिल गरेको छ । काँग्रेसले कुशे गाउँपालिका र वारेकोट गाउँपालिकामा जित निकालेको हो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












