पोखरा लेखनाथ महानगरको मतगणना विवादः आज सर्वदलीय बैठक बस्दै
पोखरा, ८ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अघि बढाउन आज सर्वदलीय बैठक बस्दैछ । निर्वाचन कार्यालयले आईतबारनै मतगणना कार्यलाई अघि बढाउन खोजेपनि त्यो प्रयास असफल भएको थियो । अब सहमति अनुसार नै मतगणना गरिनेछ । त्यसको लागि आज दिउँसो सर्वदलीय बैठक बस्दैछ ।
बैठकमा निर्वाचन आयोगबाट एकजना प्रतिनिधि आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयले आइतबार मतगणना अघि बढाउने प्रयास गरेपनि असफल भएको थियो ।
माथीको आदेश भन्दै निर्वाचन कार्यालयले मतगणना शुरु गर्ने प्रयास गरेको थियो । उसले निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा केही चाक्लो स्वस्तिक छाप लागेको मतपत्र सदर भएको र दुई वटा हस्ताक्षर मतदान अधिकृतकै भएकाले स्वस्तिक छाप केही चाक्लो हुँदैमा मतगणना रोक्नुपर्ने कारण नदेखिएको भन्दै मतगणनाका लागि प्रतिनिधि पठाउन दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरुलाई आग्रह गरेको थियो ।
तर कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र नयाँशक्ती पार्टीहरुले चाक्लो स्वस्तिक छापको मुचुल्का देखाउनुपर्ने अन्यथा मतगणना बहिस्कार गर्ने बताए । निर्वाचन कार्यालयले मुचुल्काबारे मौन बस्दै मतगणना अघि बढाउने तयारी गरेपछि कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई मतगणना बहिस्कार गर्ने ज्ञापन पत्र बुझाउनुका साथै कांग्रेस सांसदहरु यज्ञबहादुर थापा र शारदा पौडेल मतगणना स्थलमै धर्नामा बसेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












