मानपदवी पाउने प्रचण्ड पुत्रदेखि मुख्यसचिव सुवेदी सम्म
काठमाडौं, १५ जेठ । यो वर्ष राष्ट्र प्रमुखका छोरा छोरीलाई विभिन्न विभूषण प्रदान गरिएको छ । विगतको राम्रो काम गर्ने तथा समाजको हितमा काम गर्नेलाई पदक दिनुपर्ने संस्कारलाई तिस्कार गर्दै यो वर्ष भने नेता तथा राष्ट्र प्रमुखका छोरा छोरीलाई पदन प्रदान गरिएको हो ।
१० औं गणतन्त्र दिवसको अवसर पारेर प्रदान गरिएको विभिन्न पदकहरु पाउनेमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा, प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरासहित रहेका छन् । स्मरण रहोस्, उनीहरु अहिले कोही आफ्ना बुवाआमासँगै राजनीतिमा छन्, भने कोही राजनीतिसँगै सामाजिक कार्यमा समेत संलग्न रहेका छन् ।
आइतबार बसेको मन्त्रीपरिषद् वैठकले ७१४ जनालाई विभिन्न पदक दिने निर्णय गरेको थियो । सरकारले सत्तारुढ दलहरुबीच भागवण्डा गरेर मानपदवी प्रदान गर्ने निर्णय गरेको थियो । अलंकार र पदक पाउनेको सूचीमा पनि पहुँचवाला नै हाबी भएको देखिन्छ । पद र पहुँचको आधारमा सरकारले पदक विचरण गरेको भन्दै केही व्यक्तिहरुले पदक वहिस्कार समेत गरेका छन् ।
सरकारले यो वर्ष प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहाललाई समाजसेवीका रुपमा लिदैं सुप्रवल जनसेवाश्री सम्मान गरेको छ । प्रकाशले भने आफुले पदक नदिने घोषणा गरेका छन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई जनसेवा श्री पदकबाट सम्मानित भएका छन् ।
पदक पाउनेको नाम सिफारिस गर्नेलाई नै पदकः
पदक पाउनेहरुमा नेता तथा नेताका छोराछोरी मात्र नभएर पहुँचवाला कर्मचारी समेत परेका छन् । रोचक त के छ भने मानपदवी, अलंकार र पदक पाउनेको सूची बनाउने गृहसचिव लोकदर्शन रेग्मी र अनुमोदन गराउने मुख्य सचिव सोमलाल सुवेदी दुबैको नाम प्रसिद्ध प्रवलजनसेवाश्री पदक पाउनेको सूचीमा छ ।
मुख्यसचिव सुवेदी केही समयपछि एडीबिको वैकल्पिक कार्यकारी अधिकृत हुन इन्डोनेसिया जाँदैछन् । सामान्यतय तीन वर्षको कार्यकाल रहेका मुख्यसचिव सुवेदी आफ्नो कार्यकाल पुरा नगरेरै विदेश जान लागेका हुन् ।
त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यदेखि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई पनि प्रवल जनसेवाश्री प्रदान गरिएको छ ।
गत वर्षपनि यस्तै भएको थियोः
गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल रत्न मरणोपरान्त मदन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो । उनी एमालेका तत्कालीन महासचिव हुन् ।
कांग्रेस र एमाले सरकारले राष्ट्रगौरव मानपदवी कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त र एमाले नेता समेत रहेका तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रदान गरेको थियो ।
Comments
अरु समाचार
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












