प्रचण्डका छोरा प्रकाशले समेत पदक पाउँदा धुर्मुस–सुन्तलीले किन पाएनन्
काठमाडौं, १५ जेठ । यो वर्ष नेपालमा राष्ट्रपतिकी छोरीदेखि प्रधानमन्त्रीका छोरासम्मले पदक पाए । त्यस्तै उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारीले समेत विभिन्न मानपदवीहरु पाए । तर नेपालका एक चर्चित जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को नाम भने यो सम्मानमा कहि कतै समेटिएको छैन । समाजसेवामा उनीहरुको अतुलनीय योगदान रहिआएको छ ।
महोत्तरीको मुसहर बस्ति निर्माण गरेर होस्, या गिरौनचौर बस्ती निर्माण गरेर किन नै नहोस उनीहरु यतिवेला सवैको मन मस्तिष्कमा छाएका छन् । तर आम नागरिक माझ लोकप्रीय तथा चर्चित भएपनि सरकारले भने मानपदवी प्रदान गर्दा उनीहरुको मुल्यांकन नै नगरेको पाईएको छ ।
अभिनयबाट चर्चित बनेका यो जोडी पछिल्लो समय समाजसेवामा अग्रस्थानमा रहँदै आएका छन् । तीन चरणमा तीन ठाँउमा एकिकृत बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेका यो जोडीको नाम कहिकतै सम्मानमा नहुँनु दुःखको कुरो हो । राज्यको तर्फबाट दिइने कुनै पनि सम्मानको अहिलेसम्म आफुलाई खबर नआएको कलाकार सितारमा कट्टेल ‘धुमर्स’ले बताए । ‘केही दिन पहिले पनि सम्मान बाँडिएको मिडियाबाट थाहा पाएको थिएँ’ धुर्मसले भने ‘आज पनि बाँडिएछ । तर, मलाई कहि कतैबाट खबर आएको छैन ।’
गत बर्ष ‘प्रवलजनसेवा श्री’ सिफारिसमा परेपनि अहिलेसम्म उक्त पदक नपाएको सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । ‘सिफारिस भएको कुरा आएको थियो, तर पदक चाहीँ पाइएनँ’ उनले भने । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति निवासमा आयोजना गरिएको जलपानको निम्तो आउँदा सम्मानको कुनै निम्तो नआएको कट्टेलले बताए । ‘यदि जलपानमा सम्मान हुन्थ्यो भने खुलाएर आउथ्यो होला’ उनले थपे । राष्ट्रको तर्फबाट दिइने सम्मान कलाकार जितु नेपाल र विल्सन बिक्रम राई ‘तक्मेबुढा’ले पाएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












