दुवईमा एक नेपाली महिलाको हत्या, हत्या आरोपमा एक नेपाली पुरुष पक्राउ
दुवई, १६ जेठ । दुवईमा एक नेपाली महिलाको हत्या भएको छ । शनिवार पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककी २० वर्षीया रीता वाइवाको हत्या भएको हो । हत्या आरोपमा दुवई प्रहरीले एक नेपालीलाई नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककै बुले तामाङ रहेका छन्द । दुवईको अलबर्षा क्षेत्रमा रहेको एमिरेट्स हिल्समा रहेको एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी रीताको शव बुले तामाङ कार्यरत घरको पछाडी भेटिएको थियो ।
मामा भनिने बुले तामाङ अघिल्लो साता घरविदामा भारतको दिल्लीमा रहेका परिवारलाई भेट्न गएका थिए । बिदाबाट फर्किदा तामाङले वाइवाको प्रेमीको कागजपत्र ल्याइदिएका थिए । वाइवाले ती प्रेमीसँग केही महिना अघि इङ्गेजमेन्ट गरेकी थिइन् । त्यसैले आफ्नो प्रेमीलाई दुवई बोलाउन पासपोर्ट कपी लगायत अन्य कागजपत्र तामाङसँग मगाएकी थिइन् । त्यही कागजपत्र लिन वाइवा शनिबार तामाङ कार्यरत घरमा ट्याक्सी चढेर पुगेकी थिइन् ।
तामाङ पनि सोही क्षेत्रमा भारतीय नागरिककै घरमा घरेलु कामदारको रुपमा कार्यरत थिए । घरमालिकहरु अमेरिका घुम्न गएका बेला तामाङले वाइवालाई घरमै बोलाएका थिए । नाता नभए पनि उनीहरुले एक अर्कालाई मामा–भान्जी भनेर बोलाउने गर्दथे । वाइवा कागजपत्र लिन भन्दै तामाङको घरमा जानु अघि भारतमा रहेका प्रेमीसँग फोनमा कुरा भईरहेको थियो ।
प्रेमीका लागि राम्रो काम खोजेर भिसा लगाइदिने योजना बनाउँदै कागजपत्र पाएपछि फेरी फोन गर्ने बाचा गर्दै उनीहरु छुट्टिएका थिए ।कागजपत्र पाउलिन् र फेरी फोन गर्लिन् भनेर कुरेका प्रेमीलाई चार दिनसम्म न टेलीफोन आयो न त कुनै म्यासेज । चार दिनपछि अचानक वाइवा मृत अवस्थामा भेटिएको खबर आएको थियो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












