काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिले सपथ लिए, आजै कार्यभार सम्हाल्दै
काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौं महानगरमा निर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका हुन् । समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १ सय ५९ जना स्थानीय प्रतिनिधिले सामूहिक सपथ ग्रहण गरे ।
सपथ ग्रहणपछि काठमाडौंका मेयर, उपमेयरले आजै अपराहृन काठमाडौं महानगरपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । मेयर र उपमेयरले सपथपछि शहीद स्मारक, गणेशमान शान्ति बाटीका, मंगलादेवी पार्क, पुष्पलाल स्मृति पार्क, मदन भण्डारीको शालिकमा माल्यर्पण तथा बसन्तपुरस्थित कुमारी घर पुग्नेछन् । वडाध्यक्षहरु भने सपथ ग्रहणपछि सम्बन्धित वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।
मेयर र उपमेयरले पदभार ग्रहण गरेपछि काठमाडौं महानगरपालिकाको पहिलो नगरपालिकाको बैठक साँझ ५ बजे बस्नेछ । सपथ ग्रहण समारोहमा स्थाीय चुनावमा काठमाडौं महानगरको मेयरका उम्मेदवारहरु विवेकशील नेपालीकी रञ्जु दर्शना र नयाँ शक्तिका पवित्र बज्राचार्यको पनि उपस्थिति थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












