स्थानीय तहमा विनियोजित बजेटबाट वृद्धभत्ता बाँड्न नपाइने
काठमाडौं, १७ जेठ । सरकारले स्थानीय तहमा विनियोजन गरेको अनुदानबाट वृद्धभत्ता लगायतका सामाजिक सुरक्षामा रकम खर्चिन नपाउने व्यवस्था गर्ने भएको छ। स्थानीय तहमा निर्वाचित भएका प्रतिनिधिले वृद्धभत्ता बढाउने घोषणा गरेपछि सरकारले यो व्यवस्था गर्न लागेको हो। स्थानीय तहमा निर्वाचित भएका विभिन्न महानगर, नगर र गाउँपालिकाका प्रमुखले वृद्धभत्ता बढाउने निर्णय गरेपछि सरकारले यो व्यवस्था गर्न लागेको हो।
बजेटबाट विनियोजन गरिएको रकमले वृद्धभत्ता बाँड्न नपाउने गरी मापदण्ड बनाइने अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीले जानकारी दिए । ‘अहिले वृद्धभत्ता बढाउने प्रतिस्पर्धा चलेको छ। बजेटमा स्थानीय निकायमा विनियोजन गरेको अनुदानबाट वृद्धभत्ता बाँड्न नपाइने व्यवस्था गर्छौ’ उनले भने, विनियोजित रकम स्थानीय तहको विकास निर्माण र प्रशासनिक खर्च गर्न पाइनेछ। तर सामाजिक सुरक्षामा लगाउन पाइदैन।‘
स्थानीय तहले आन्तरिक साधन स्रोतबाट भने वृद्धभत्ता बढाउन सक्नेछन्। विकास निर्माण भन्दा सस्तो लोकप्रियताका लागि वृद्धभत्ता बढाउने निर्णयले अर्थतन्त्रमा चुनौती थप्ने देखिएको छ। यो प्रतिस्पर्धाले वितरणमुखी अर्थतन्त्रलार्इ बढावा दिने र व्ययभार मात्रै थप्ने देखिएको छ। सरकारले वृद्ध वृद्धा, सिमान्तकृत लगायतका लागि मासिक भत्ता दिँदै आएको छ। सामाजिक सुरक्षाका लागि आगामी आर्थिक वर्षका लागि ३६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
Comments
अरु समाचार
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...












