नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै भारतीय राजदूत मञ्जित पुरी सक्रिय
काठमाडौं, १८ जेठ । नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै भारतीय राजदूत पनि सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने तरखरमा छन् । नयाँ सरकार गठनको लागि काँग्रेस तथा माओवादी केन्द्रले आवश्यक गृहकार्य अगाडी बढाईरहेका छन् ।
राष्ट्रपति विद्यादेखि भण्डारीले आजदेखि नयाँ सरकार गठनको लागि बहुमतिय प्रक्रिया सुरु गरेकी छन् । यसैक्रममा भारतीय राजदूत मञ्जित सिंह पुरी सक्रिय भएका छन् । सरकार गठनबारे चासो व्यक्त गर्दै राजदूत पूरीले बिहीबार सभामुख ओनसरी घर्तीसँग भेटवार्ता गरेका छन् ।
नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेका बेला राजदूत पुरी बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वर पुगेर यसबारे चासो व्यक्त गरेका हुन् । सभामुखसँग भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै राजदूत पुरीले नेपाल र भारतबीचको संसदीय प्रक्रियाकाबारे आफूले जानकारी लिएको बताए ।
उनले नेपाल र भारतमा एउटै प्रक्रियाबाट सरकार गठन हुने भएकाले यसबारे बुझ्नु आफ्नो उद्देश्य रहेको बताए । संसदका सहायक प्रवक्ता डिल्ली रिजालले सभामुख घर्ती र राजदूत पुरीबीच सद्भावपूर्ण भेटवार्ता भएको जानकारी दिए ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











