प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल प्रहरीको उच्च प्रशंसा
काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल प्रहरीको उच्च प्रशंसा गरेका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री दाहालले उच्च प्रशंसा गरेका हुन् । स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनमा यस्तै भूमिकाको अपेक्षा गरेको प्रधानमन्त्रीको भनाई छ ।
प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन महत्वपूर्ण आधारशीला भएको भन्दै उनले भनेका छन्, दोस्रो चरणको निर्वाचन व्यापक जनसहभागितामा उत्सवकै रुपमा सम्पन्न गर्ने तयारी भइसकेको छ ।’
मुलुकभर आवश्यक पर्ने प्रहरी जनशक्तिको उत्पादन तथा विकास गर्ने केन्द्रीय प्रशिक्षण संस्थाको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विकास गर्दै थप पूर्वाधार तथा स्तरवृद्धि गर्नु आजको आवश्यकता रहेको उनको धारणा छ । यसको लागि सरकार सधैं सकारात्मक रहेको उनको भनाई छ । सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीमा संख्या वृद्धि भन्दा गुणात्मक विकासमा जोड दिनु बढी महत्वपूर्ण हुने प्रचण्डको धारणा छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












