प्रधानमन्त्रीले प्रचण्डका छोरा प्रकाश दाहालले ‘धरौटी’ को अर्थ नै नबुझेपछि
काठमाडौं, १९ जेठ । भरतपुर महानगरमा मत पत्र च्यात्ने माओवादी केन्द्रका दुई जनालाई अदालतले जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । जेठ १४ गते आइतवार राती भरतपुर महानगरपालिकाको मतगणना हुँदै गर्दा मतपत्र च्यातेर रंगे हात पक्राउ परेका माओवादीका दुई कार्यकर्ता बिहीबार धरौटीमा रिहा भए ।
चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । माओवादीका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । उनीहरुले मतपत्र च्यातेपछि स्थगित भएको भरतपुर मतगणना अझै स्थगित नै छ ।
निर्वाचन कसुर ऐन २०७३ को दफा (१६) को उपदफा २ बमोजिम जनही एक लाख धरौटी तिरेर रिहा भएका उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले सत्यको जित भई निर्दोष सावित भएर रिहा भएको भन्दै खादा ओढाएको तस्बिरसहितको स्टाटस फेसबुकमा लेखेपछि उनी आलोचित भएका छन् ।
उसो त प्रकाश दाहाल आफ्नै अभिव्यक्तिको कारण आलोचनामा आएको यो पहिलो पटक भने होइन । प्रधानमन्त्री प्रचण्डको सहयोगीको रुपमा काम गर्दै आएका प्रकाशले धरौटीमा रिहा भएको व्यक्तिलाई निर्दोष सावित भएर छुटेको भनेपछि उनको बौद्धिकतामाथि धेरैले व्यंग्य गरेका छन् ।
एक लाख धरौटी तिरेर रिहा भएका उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले सत्यको जित भई निर्दोष सावित भएर रिहा भएको भन्दै खादा ओढाएको तस्बिरसहितको स्टाटस फेसबुकमा लेखेपछि उनको आलोचना भएको हो ।
हुन त आफ्ना पार्टीका व्यक्ति रिहा हुनुमा प्रकाश दाहालले खुशी मनाउनु स्वभाविक होला तर प्रधानमन्त्रीका पुत्र त्यसमाथि प्रधानमन्त्रीकै सहयोगीको रुपमा रहेका उनले धरौटीमा रिहा हुनुलाई सत्यको जित भन्दै निर्दोष सावित भई रिहा भएको लेखेपछि आलोचना र विवादमा तानिएका हुन् । यसबाट पनि उनको बौदिकतामाथि प्रश्नचिन्ह खडा भएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












