लुम्बिनीबाट बेपत्ता पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग पहिलो पटक जानकारी माग्यो
काठमाडौं, १९ जेठ । पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।
पाकिस्तानले हबिबको खोजी गर्न नेपाल सरकारसँग आग्रह गरेको थियो। नेपालले उनीबारे अहिले पनि अनुसन्धान भैरहेको जनाएको छ । पाकिस्तानी सेनाको गुप्तचार संस्था आइएसआइका लागि पूर्व अधिकारी हबिब काठमाडौंबाट लुम्बिनी पुग्ने वित्तिकै बेपत्ता भएका थिए।
भारतीय सञ्चार माध्यमहरुले जासुसीको आरोपमा पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौ सेनाका पूर्व अधिकारी कुलभूषण जादव प्रकरणको नयाँ ट्विट्सको रुपमा यसलाई व्याख्या गरेका छन्। बेनामे सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको समाचारहरुमा जासुसीको अभियोगमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका पूर्व अधिकारी जादवको सुरक्षित रिहाइका लागि हबिबलाई भारतीय पक्षले अपहरण गरेको बताइएको थियो।
अन्तिम पटक गत चैत २४ गते भैरहवास्थित लुम्बिनी बिमानस्थलमा देखिएका हबिबबारे इस्लामावादले पहिलो पटक दिल्लीसँग जानकारी माग गरेको हो। भारतीय पक्षले उनीबारे कुनै जानकारी नभएको जनाएपनि पाकिस्तानी सरकारले भने भारतीय गुप्तचार संस्था ‘रअ’ले अपहरण गरी आफ्नो हिरासतमा राखेको बताउँदै आएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












