एमाले माओवादी बाझाबाझ, एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्न नदिने
काठमाडौं, १९ जेठ । नेकपा एमालेले संसद अवरुद्ध भएको स्थितिमा कुनै पनि कार्यसूची अगाडि नबढाउन सभामुख ओनसरी घर्तिसँग आग्रह गरेको छ। सभामुख घर्तिमगरले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले भरतपुरमा मतगणना सञ्चालन नभएसम्म संसद् चल्न नदिने बताए । संसद अवरुद्ध भएको स्थितिमा कसरी कार्यसूची अगाडि बढाउन मिल्छ ? भन्दै उनले प्रतिप्रश्न गरे ।
उनले त्यस सम्बन्धमा शिर्ष नेताहरुबीच छलफल गरी छिटो टुंगोमा पुग्न पनि सभामुखलाई सुझाव दिइएको पनि बताए । एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभए संसदमा कुनै पनि प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारेको छ ।
यता, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने काम सभामुखको भएको टिप्पणी गरेको छ । सभामुखको स्वविवेकीय अधिकार भएकाले प्रधानमन्त्री निर्वाचन प्रक्रिया रोक्न नमिल्ने सुझाव दिइएको नेता रामनारायण बिडारीले जानकारी दिए ।
माओवादी केन्द्रले राष्ट्रपतिले प्रधानमन्त्री निर्वाचन गराउन दिएको आदेश अवज्ञा गर्ने अधिकार सभामुख र प्रमुख प्रतिपक्ष एमाले दुवैलाई नरहेको तर्क समेत गरेको छ । राष्ट्रपति विद्या भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न विहिबार नै संसदलाई आह्वान गरेकी छन् । तर संसद बैठक अवरुद्ध भएकाले सो प्रक्रिया अघि बढाउन सभामुखलाई अप्ठयारो परेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












