जर्मनीले एक १४ वर्षीया नेपाली विद्यार्थीलाई कक्षाबाटै उठाएर नेपाल फर्कायो
काठमाडौं, १९ जेठ । जर्मनले एक १४ वर्षीया नेपाली विद्यार्थीलाई देश निकाला गरेको छ । जर्मनका अधिकारीहरुले विभुषी रानालाई त्यहाँको एक विद्यालयको कक्षाबाटै उठाएर नेपाल पठाएका हुन् । जर्मनीमै जन्मिएकी विभुषी उत्तरी राइन वेष्टफेलिया राज्यको एक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् ।
उनलाई त्यहाँको संघीय प्रहरीले कक्षाकोठाबाट पक्राउ गरेर आमाबुबासँगै नेपाल पठाएको हो । उनीहरुलाई फ्राङर्फट विमानस्थलबाट नेपाल पठाइएको जर्मनका सञ्चार माध्यमहरुले जनाएका छन् । विभुषीको परिवारको जर्मनीमा बस्ने अनुमति सन् २०१३ मा सकिएको थियो । उनीहरुले त्यहीँ बस्न पाउनु पर्ने माग गर्दै अपील गरेका थिए, जुन मार्च २०१६ मा खारेज भएको छ । यो परिवार १५ वर्ष अगाडि जर्मनी पुगेका थिए र शरण माग गर्दै विभिन्न समयमा अपील गरेका थिए ।
शहरको कानुनी विभागका प्रमुख डानियला लेसमाइस्टरले यो परिवारलाई नेपाल फर्काउनु बाहेक अर्को विकल्प अधिकारीहरुसँग नभएको बताएका छन् । जर्मन कानुन अनुसार कुनै पनि व्यक्तिलाई डिपोर्ट गर्नु अघि पूर्व सूचना दिइँदैन । पूर्व सूचना दिएमा उनीहरु भाग्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । साथै डिपोर्ट दिनको समयमा गर्ने गरिन्छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











