आयोगको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप छैनः कानुनमन्त्री नायक

भक्तपुर, २१ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले भरतपुरमा मतपत्र च्यातिएको सम्बन्धमा आयोगले गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नरहेको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्नुहुँदै उहाँले निर्वाचन आयोगले कानुन बमोजिम गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नभएको बताउनुभएको हो ।
भरतपुको विषयलाई माओवादी नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गराएलगत्तै एमालेले अतिरञ्जित पारेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगको विषयमा सरकार वा कोही कसैले हस्तक्षेप गर्ने कुरा हुँदैन र मिल्दैन, भरतपुरको विषयमा सरकारको तर्फबाट आयोगमाथि कुनै हस्तक्षेप छैन’ मन्त्री नायकले यसअघि पनि भरतपुरको सम्बन्धमा निर्वाचन आयोगले गर्ने निर्णय सरकारलाई मान्य हुने प्रष्ट पार्नुभएको थियो ।
उहाँले निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताउनुभयो । आयोगले गरेको निर्णय सबै दलले स्वीकार्नुपर्नेमा जोड दिनुहुँदै उहाँले भन्नुभयो, ‘नबुझिने गरी मतपत्र च्यातिएपछि पुन मतदान गर्ने विषय कानुनमै उल्लेख भएको विषय हो, विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण हामीसँग छ, अहिले एमालेले यो घटनालाई अतिरञ्जित गर्न आवश्यक छैन’
मन्त्री नायकले आयोगले निर्णय गरिसकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र पधानमन्त्री चयन प्रक्रिया प्रभावित बनाउन खोज्नु ठिक नभएको बताउनुभयो । उहाँले एमालेजस्तो संसदीय अभ्यासमा पोख्न दलले निर्वाचन आयोगको विरुद्धमा संसद अवरुद्ध पारेर संकीर्ण मानसिकता बोकेको बताउनुभयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












