अस्पत्तालले शववाहन नदिएपछि पत्नीको लाश मोटरसाइकलमा राखेर घरसम्म
काठमाडौं, २१ जेठ । भारतमा एक यस्तो हृदयविदारक घटना घटेको छ । जुन घटना सुन्दा सबैका आँखा रसाउँछ । उपचारको क्रममा मृत्युभएकी श्रीमतीको शवलाई घर सम्म लैजान एक अस्पत्तालले शववाहन नदिएपछि मोटरसाइकलमा राखेर शवलाई लगिएको छ ।
मानविय संवेदना झल्काउने यो घटना भारतको झारखण्ड राज्यको हो । गत बुधबार सुशीला देवीलाई उनका श्रीमान शंकरले पुर्णिया सदर अस्पतालमा भर्ना गरेका थिए । तर उनको शुक्रबार मृत्यु भयो । निधन भएकी श्रीमतीको शवलाई घर सम्म लैजान शंकरले अस्पत्ताल प्रशासनसँग माग गरे तर अस्पत्तालले शववाहन दिए । अन्त्यमा उनले आफ्ना छोरालाई बोलाएर मोटरसाइकलमा राखेर श्रीमतीको शव घर लगे ।
पत्नीको मृत्युपछि अस्पतालबाट २० किलोमिटर टाढा श्रीनगर स्थित घर लानका लागि शंकरलाई अस्पतालले शववाहन समेत उपलब्ध गराएको थिएन् । शववाहन नपाएपछि शंकरले छोराको मोटरसाइकलमा शव लैजाने निर्णय गरे । पत्नीको शवलाई बीचमा राखेर सलको साहाराले आफ्नो शरीर र छोराको शरिरमा बाँधे पछि बसे । बाइक उनको छोराले हाँके ।
जिल्ला प्रशासनले अस्पताल प्रशासनको मानविय संवेदनहिनता र घटनाका बारेमा छानविन समिति गठन गरेको छ । समितिले सोमबार रिपोर्ट दिने बताइएको छ । अस्पतालले आउटसोर्सिङ एजेन्सीको माध्यबाट शववहान उपलब्ध गराउँदै आएको थियो । जुन बीपीएल परिवारका लागि निःशुल्क हुन्छ । अस्पतालका सिविल सर्जनले मृतकका परिवारले शववाहन नमागेको बताएका छन् । एजेन्सी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











