के देउवा मंगलबार प्रधानमन्त्री बन्लान ? यी हुन् देउवालाई समर्थन दलहरु
काठमाडौं, २१ जेठ । काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्ने तरखरमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि देउवाको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि तीन पटक प्रधानमन्त्री भईसकेका देउवा गणतन्त्र आएपछि भने पहिलो पटक प्रधानमन्त्री बन्न लागेका हुन् । उनी प्रधानमन्त्री बन्नमा अहिले एमाले बाधक बनिरहेको छ ।
एमालेले देउवालाई कुनैपनि हालतमा प्रधानमन्त्री बन्न नदिने मनसाय बनाएको छ । त्यसैअनुसार एमालेले सदन अबरुद्ध गर्दै आईरहेको छ । खाने मुखलाई जुंगाले छेक्दैन्, भनेजस्तै देउवालाई प्रधानमन्त्री बन्न एमालेले रोक्न सक्दैन् । अहिले वर्तमान सरकारसँग सत्तागठबन्धन बनाएको काँग्रेसले देउवालाई प्रधानमन्त्री बनाउन यहि गठबन्धन प्रयाप्त छ । आजको लागि तोकिएका प्रधानमन्त्री निर्वाचनको समय मंगलबारको लागि सरेको छ ।
एमालेले संसद बैठक अवरोध गर्ने बताएपछि संसद बैठक मंगलबार विहान ११ बजेसम्मको लागि सारिएको हो । आज विहान ११ बजे बोलाईएको बैठकमा एमालेले अवरोध गर्ने बताएपछि बैठक स्थगित गरेर शीर्ष नेताहरुको बैठक बोलाईएको थियो । शीर्ष नेताहरुको बैठकमा पनि सहमति हुन नसकेपछि मंगलबारको लागि धकेलिएको छ ।
देउवालाई क-कसको समर्थन छ ?
देउवा प्रधानमन्त्री बनेको हेर्न चाहनेहरु मधेशवादी दलहरुदेखि लिएर राप्रपासम्म रहेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, कमल थापा नेतृत्वको राप्रपा त्यस्तै राजपाले पनि समर्थन गर्ने निर्णय गरिसकेका छन् । कमल थापा नेतृत्वको राप्रपाले भने सरकारमा नै सहभागी हुने बताएको छ भने अन्य राजपा र समाजवादी फोरमले देउवालाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने बताएको छ ।
त्यस्तै देउवालाई विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टीको समथर्न रहेको छ । त्यस्तै वर्तमान सरकारमा विज्ञान तथा प्रविधि मन्त्री रहेका प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी र वातावरणमन्त्री रहेका जयदेव जोशीको नेकपा संयुक्तको समर्थन रहेको छ ।
यस्तो छ अंकगणितीय तथ्यः
आइतबार मात्रै ३७ सांसद रहेको राप्रपा,१५ सांसद रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम र २५ जना सांसद रहेको राजपा नेपालले देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् । यी तीन दलको समर्थनसँगै देउवाको समर्थन दुई तिहाई नजिक पुगेको छ । हाल संसदमा रहेको सांसद संख्या ५९७ मा दुई तिहाइका लागि ३९८ सांसद आवाश्यक पर्छ ।
देउवाले यो विचमा १० जना अरु सांसदको समर्थन जुटाउन सके उनी दुई तिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बन्न सक्छन् । यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको पुरानो गठबन्धनमा ३११ जना सांसद रहेका थिए । देउवालाई सरकार गठन गर्न चाहिने बहुमत सांसद संख्या २९७ आवाश्यक रहेपनि प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा समर्थन गर्ने दलको संख्यासँगै सांसद संख्या पनि बढ्दै गएको हो ।
विपक्षको यस्तो छः
अहिलेसम्म देउवाको विपक्षामा देखिएका मध्ये नेकपा एमालेसहित १९८ सांसद छन् । जसमा एमाले १८१, माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, बहुजन शक्ति १ बौद्धिक जनपरिषद नेपाल १ र मधेस समता पार्टी १ रहेका छन् ।
Comments
अरु समाचार
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












