रोल्पाको सुकीदह गाउँपालिकामा श्रीमान चुनाव बहिस्कार गर्दै श्रीमती भने कांग्रेस उम्मेदवार
रोल्पा, २२ जेठ । रोल्पाको सुकिदह गाउँपालिकामा पनि यतिवेला चुनावी माहोल चलिरहेको छ । असार १४ गतेलाई तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सवैतिर चुनावी माहोल तातिरहेको छ । दुई दशकपछि भएको चुनावमा धेरै नयाँ नयाँ घटनाहरु सार्वजनिक भए । एउटै पदमा आमा छोरी, बाबु छोरा, दाई भाई तथा आफन्तहरुको उम्मेदवार परेको भन्ने समाचार सामान्य भईसकेका छन् ।
तर सुकिदह गाउँपालिकाको चुनावमा भने भिन्नै भईरहेको छ । सुकिदह गाउँपालिकामा श्रीमान चुनाव वहिस्कारमा रहेका छन्, भने श्रीमती काँग्रेसको तर्फवाट उम्मेदवार बनेकी छन् । श्रीमान श्रीमतीको यस्तो चर्चाको प्रत्यक्षमा मारमा उनीहरुका छोराछोरी परेका छन् ।
बिप्लब नेतृत्वको नेकपा माओवादीले चुनाव बहिस्कार गरेको छ । सो पार्टीको शिक्षक संगठनका जिल्ला नेता नेत्र वलीकी पत्नी अमृताकुमारी केसी भने कांग्रेसबाट सुकिदह गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । अब मतदाता प्रश्न गर्न थालेका छन्, वलीले पार्टी निर्देशन मानेर चुनाव बहिस्कार गर्लान् कि अर्धाङ्गीनी अमृतालाई जिताउन मतदान गर्लान् ? वली विप्लव निकट शिक्षक संगठनको जिल्ला सदस्य छन् ।
कांग्रेसबाट उम्मेदवार बनेकी उनकी श्रीमती अमृता स्नातक पहिलो वर्षकी विद्यार्थी हुन् । तर, उनी राजनीतिक पृष्ठभूमिकी भने होइनन् । ‘अमृता पहिले कुनै पार्टी वा संगठनमा आबद्ध भएको थाहा थिएन । तर एकाएक उनलाई कांग्रेसले उम्मेदवार बनाएको थाहा भयो,’ सुकिदहका एक कांग्रेस कार्यकर्ताले भने ।
सुकिदहको चुनाव यति कारणले मात्रै चर्चित भएको पनि होइन । अझ रोचक कुरा चाहिँ के छ भने, अमृताका बुवा लिलाधर खत्री भने एमाले समर्थक हुन् । ठूलोबुवा कुलबहादुर खत्री कांग्रेसको राजनीतिमा सक्रिय थिए । पूर्वप्रधान समेत बनेका कुलबहादुरको निधन भइसकेको छ ।
सुकीदह गाउँपालिकामा नेकपा एमालेले निर्मलाकुमारी वलीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । निर्मलाका श्रीमान हिमामणी डाँगी भने वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । माओवादी केन्द्रबाट उपाध्यक्षमा रिताकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ ।
८ कक्षा पढेकी उनी माओवादी केन्द्र सुकिदहकी कोषाध्यक्ष हुन् । तर, उनका बुवा राकेश डिसी भने राप्रपाको राजनीतिमा सक्रिय छन् । सुकिदहका कांग्रेस, एमाले र माओवादीका तीनवटै उम्मेदवारका चुनाबी एजेण्डा भने समान छन् । सुकिदहको विकास, लैंगिक समानता र महिला अधिकारका लागि आफूहरु लागीपर्ने उनीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












