देउवा दुई तिहाई बहुमतसहित प्रधानमन्त्री बने एक साताभित्रै संविधान संशोधन गरिने
काठमाडौं, २२ जेठ । मुलुकले भोलि ४० औं प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवालाई पाउने निश्चित भएको छ । भोलि हुने प्रधानमन्त्री निर्वाचनमा देउवाको एकल उम्मेघवद्धवारी परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् हालका कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक रहेर देउवा प्रधानमन्त्रीको उम्मेद्धवार बनेका हुन् । देउवाको पक्षमा स्पष्ट बुहमत रहेको छ ।
तर उनी यतिवेला दुई तिहाईको प्रधानमन्त्री बन्ने दाउमा छन् । व्यवस्थापिका संसदको चौथो ठूलो शक्ति राप्रपासँगै संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम नेपाल, राजपा नेपालले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् ।
प्रमुख विपक्षी नेकपा एमालेले संसद अवरोध कायमै राख्ने अडान लिएपछि आइतबारका लागि निर्धारित प्रधानमन्त्री निर्वाचनलाई भने मंगलबार अर्थात भोलि दिउँसो १ जबेसम्मका लागि सारिएको हो । तर, प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस सभापति देउवाको पक्षमा समर्थन भने झनै थपिँदै गईरहेको छ । उनलाई संसदका केही साना दलहरुलेपनि समर्थन गर्ने निर्णय गरिसकेका छने । एक सिटे सांसद भएका दलहरुलेपनि देउवालाई नै समर्थन गर्ने निर्णय गरिसकेका छने ।
यसो हुँदा देउवालाई दुई तिहाईको प्रधानमन्त्री बन्न जम्मा ५ सिटको मात्रै आवश्यकता देखिएको छ । त्यो पनि उनले आज साँझ र भोलि विहानसम्म आफ्नो पक्षमा समर्थन जुटाईहाल्ने संभावना देखिएको काँग्रेस स्रोतको दाबी छ । देउवा दुई तिहाईको प्रधानमन्त्री बने उनले एक हप्ताभित्रै संविधान संशोधन प्रस्तावलाई पारित गराउने तयारी समेत अहिले नै थालेका छन् ।
मधेशी मोर्चा, थारु, आदिवासी, जनजातिका माग पूरा गराउनको लागि पनि संशोधन प्रस्ताव पारित गराउने उनको चाहना छ । त्यसको लागी देउवाले आन्तरिक छलफल गर्ने देखि अन्य दलहरुसँग समेत छलफलको गृहकार्य गरिरहेका छन् । स्पष्ट वहुमत पुगेमा देउवा एक साताभित्र संविधान संशोधन गराएर मधेशवादी दलहरुलाई समेत निर्वाचन ल्याउने मनसायमा रहेका छन् ।
Comments
अरु समाचार
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












