शेरबहादुर देउवा आज १३ वर्षपछि चौथो कार्यकालको लागि प्रधानमन्त्री बन्दै
काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आजदेखि संसद बैठक चल्न दिने भएपछि बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न लागेका हुन् ।
सभामुख ओनसरी घर्तीको पहलमा सोमबार साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकमा एमालेले आज संसद अवरोध नगर्ने प्रतिबद्धता जनाएको हो । एमाले संसद खोल्न तयार भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा आजै प्रधानमन्त्रीमा चयन हुने निश्चित भएको छ ।
कांग्रेस सभापति देउवाको पक्षमा झण्डै दुई तिहाई बहुमत देखिएको छ । दिउँसो १ बजे संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेता केपी ओली र प्रधानमन्त्रीका प्रत्याशी देउवाले पहिलो बैठकमा सम्बोधन गर्नेछन् । त्यसपछि बस्ने दोश्रो बैठकमा प्रधानमन्त्री चयनका लागि मतदान गर्ने तयारी छ ।
देउवा गणतन्त्रपछिको १० औं प्रधानमन्त्री बन्नेछन् । चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेका देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । बि.स. २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा चौथो पटक प्रधानमन्त्री निर्वाचित हुने पूर्वसन्ध्यामा छन्। अन्तिम पटक उनी तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिँदा प्रधानमन्त्री थिए। करिव १३ वर्षपछि देउवा पुनः प्रधानमन्त्री बन्न लागेका हुन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












