भारतद्धारा अन्तरीक्षमा अहिलेसम्मकै ठूलो ६ सय ४० टन तौलको रकेट प्रक्षेपण (फोटोसहित)
काठमाडौं, २३ जेठ । भारतले आफ्नो अहिलेसम्मकै ठूलो रकेट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । बंगालको खाडी क्षेत्रस्थित श्रीहरीकोटाबाट भारतले ६ सय ४० टन तौलको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो । रकेटको सफलतापूर्वक परीक्षण भारतीय इतिहासमा महान दिन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो रकेटको प्रक्षेपणसँगै अब भारतीय अन्तरीक्षण अनुसन्धान संस्था इसरोलाई आफ्ना गह्रौँ उपग्रह पठाउनका लागि युरोपियन रकेटहरुको भर पर्नुपर्ने छैन ।
यो रकेटको तौल पाँचवटा जम्बो जेट तथा २ सय वटा हात्तीको तौल बराबर रहेको भनी तुलना गरिएको छ । विश्वको व्यवसायिक स्टाटेलाइट प्रक्षेपण बजारमा आफ्नो हिस्सा बढाउने प्रयत्नमा रहेको भारतका लागि पछिल्लो प्रक्षेपण निकै महत्वपूर्ण रहेको बताइएको छ । अन्तरीक्षमा गह्रौँ उपग्रहहरु प्रक्षेपण गर्दा भारत हालसम्म अन्य देशमा निर्भर रहनु परेको छ र यसले इसरोको ठूलो बजेट खर्च हुन्छ ।
जिएसएलभी मार्क तृतीय नामक यो रकेटले तिन टन सम्मको वजन बोकेर अन्तरीक्षयानहरु रहेको पृथ्वीको कक्षमा पुग्न सक्नेछ । पृथ्वीमा चालु रहेका टेलिभिजन, टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन मूलभुत रुपमा सोही कक्षमा रहेका स्याटेलाइटमा निर्भर छन् ।
भारतले प्रक्षेपण गरेको रकेट उसका लागि सबैभन्दा गह्रौँ भएतापनि यसले विश्व किर्तिमान भने राख्न सकेन । सन् १९६७ देखि १९७३ को बीचमा नासाले प्रक्षेपण गरेको स्याट्रर्न भी अहिलेसम्मकै गह्रौँ रकेट हो । जसको तौल अहिलेको भारतीय रकेटको चार गुणा बढि थियो ।
बीबीसीको सहयोगमा
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











