मतपत्र च्यातिएको घटना दुःखद, पाठ सिकियोः प्रचण्ड, संसदमा अरु के-के भने
काठमाडौं, २३ जेठ । प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना गलत भएको बताएका छन् । तर, मतपत्र च्यातिएको घटनालाई जोडेर माओवादीको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाइनु गलत हुने प्रचण्डले बताए ।
संसद बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘भरतपुरमा जो घटना भयो दुःखद छ गलत छ । मैले च्यातियो भन्ने सुनेपछि नै गलत भयो भनेको छु र निर्वाचन आयोगलाई प्रमको हैसियतले बोलाएर जे ठीक लाग्छ त्यहि गर्नुस् भनेर भनेको छु । मतपत्र च्यात्नेलाई सही भन्न सकिँदैन ।’ मतपत्र च्यात्न पार्टीले निर्देशन नदिएको र निर्वाचन आयोगलाई पनि पुनः मतदान गर्न दबाव नदिएको प्रचण्डले प्रष्ट पारे ।
प्रचण्डले भने, ‘अपवादको रुपमा यो घटना घटेको छ । ५/६ दिन अगाडि मैले उम्मेदवारलाई रेणु दाहाललाई के भने भनें देबी ज्ञवालीको मत अन्तर बढ्दै गएको थियो, करिब ४ हजार पुगेको थियो । जिते पनि जित्यौ, हारे पनि जित्यौ ढुक्कसँग बस्नु भनें । त्यसपछि तीन दिनसम्म चितवनमा कसैसँग सम्पर्क भएको छैन ।’ आफू लोकतान्त्रिकरण हुन लामो समय लागेको एमालेले उल्टै माओवादीलाई लोकतन्त्रको पाठ सिकाउन खोजेको भन्दै प्रचण्डले आक्रोश पोखे ।
लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हतियार व्यवस्थापन लगायतका जोखिम बेहोरेको भन्दै प्रचण्डेले भने, ‘कति प्रमाण चाहियो, इतिहासदेखि वर्तमानसम्मको । १२ बुँदे सहमतिदेखि अहिले राजीनामा दिनेसम्मको । तपाईंहरुलाई कति वर्ष लाग्यो लोकतान्त्रिकरण हुन ?’ उनले अघि भने, ‘यति जोखिमपूर्ण कामहरु सहजतापूर्वक गरेका छौं । लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठाकै लागि गरिएको छ ।’
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












