कांग्रेसबाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र भौतिक पूर्वाधार ज्ञानेन्द्र कार्की
काठमाडौं, २४ जेठ । नेपाली काँग्रेसले सरकारमा जान तीन मन्त्रीको टुंगो लगाएको छ । कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुमध्ये ३ जनाको नाम टुंगो लगाएको हो ।
नेताहरु गोपालमान श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्कीको नाम टुंगो लगाइएको हो । तेस्रोमा महेश आचार्यलाई पनि पठाउने तयारी भईरहेको छ । उनको नाममा भने टुंगो लागेको छैन् ।
श्रेष्ठलाई उपप्रधानमन्त्री दिइने समझदारी भएको बताइएको छ भने मन्त्रालयबारे भने अन्तिम टुंगो लाग्न बाँकी रहेको छ । मन्त्री र मन्त्रालयको टुंगो लगाउन अहिले देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहेको छ ।
यस्तै ज्ञानेन्द्रबहादुर कार्की पनि मन्त्री हुनेछन् । उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेछन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि यो मन्त्रालय दाबी गरेका थिए । तर, भौतिक पूर्वाधार आफैंसँग राख्ने कांग्रेसको तयारी छ ।
यस्तै अर्का मन्त्री रामचन्द्र पौडेल समूहबाट हुनेछन् । महेश आचार्य मन्त्री हुने सम्भावना छ । तर, उनको नाम आइनसकेको एक नेताले बताएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












