प्रभु बैंकका १३४ शाखाबाट कुनै पनि कम्पनीको सेयर आवेदन दिन सकिने
काठमाडौं, २५ जेठ । प्रभु बैकका १३४ शाखाबाट कुनै पनि कम्पनीको सेयर आवेदन दिन सकिनेछ । प्रभु बैंकले नेपाल धितोपत्र बोर्डबाट आश्वा (धितोपत्र दरखास्तसम्वन्धी कार्य) सेवा सञ्चालन गर्ने इजाजत प्राप्त गरी विगत छ महिनादेखि नै आफ्ना सम्पूर्ण शाखाहरुबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।
बैंकले गत माघ ५ गतेबाट आफ्ना सम्पूर्ण शाखाबाट आश्वासम्बन्धी सेवा सञ्चालन भइरहेकाले कुनै पनि कम्पनीको धितोपत्र सार्वजनिक रुपमा निष्काशन हुँदाको बखतमा दरखास्त फारम लिने व्यवस्था गरिएको जनाएको छ ।
यस प्रणालीअन्तर्गत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजहरुको यस बैकमा भएको चल्ती, बचत वा कल खातामा रोक्का राखी दरखास्तको निष्सा दिइनेछ र धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा सेयर बाँडफाँट भए बराबरको रकम मात्र खाताबाट कट्टा गरि बाँकी रकम सोही खातामा फुकुवा गरिनेछ ।
आश्वा सेवाअन्तर्गत यस बैकका १ सय ३४ शाखाबाट दरखास्त लिने व्यवस्थासहित बैक खाता तथा डिम्याट खाता पनि सहजताका साथ खोल्ने व्यवस्था गरिएको छ । प्रभु बैकले यो सुविधा आफ्ना ग्राहकहरुलाई बैकको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट उपलब्ध गराएबापत बैकले प्रति दरखास्त एक रुपैयाँ शुल्क लिने जनाएको छ ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











