ताजा समाचार

कतारले ईराकको अतिवादीलाई १ सय करोड डलर फिरौती दिएको इजिप्टको आरोप

काठमाडौं, २६ जेठ । इजिप्टले कतारविरुद्ध सुरक्षा परिषद्मा उजुरी दिएको छ । अतिवादीलाई फिरौती दिएको आरोपमा इजिप्टले कतारविरुद्ध सुरक्षा परिषद्मा उजुरी दिएको हो । इजिप्टले संयुक्त राष्ट्र सुरक्षा परिषदसँग यस सम्बन्धमा जाँच गर्न माग गरेको छ ।

कतारले इराकस्थित अतिवादी समूहलाई एक सय करोड डलर फिरौती दिएको आरोप इजिप्टले लगाएको हो । यो रकम कतारको शाही परिवारका केही व्यक्तिसहित २६ जनालाई अतिवादी कब्जाबाट छुटाउन खर्चिएको दावी गरिएको छ ।

दक्षिण इराकमा शिकारमा रहेका बेला शाही परिवार अतिवादी कब्जामा परेको केहीले बताएका छन् । गत हप्तामात्र साउदी अरब, इजिप्ट, बहराइन, यमन, लीबिया, संयुक्त अरब इमिरेट्सले कतारसँग सम्बन्ध एक साथ तोडेका थिए । कतारले आईएस र अलकायदालाई समर्थन गरेको आरोप यी देशले लगाएका छन् भने कतारले आरोप अस्वीकार गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org