प्रधानमन्त्री बनेपछि संसदमा देउवाको पहिलो सम्बोधन, ‘चुनावअघि संविधान संशोधन असम्भव’
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशवादी दलहरुलाई दोस्रो तहको चुनावमा सहभागी हुन आग्रह गरेका छन् । संविधान संशोधन नभई चुनावमा सहभागी नहुने अडान राख्दै आएका मधेशवादी दलहरुलाई देउवाले यस्तो आग्रह गरेका हुन् । स्थानीय तहको दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भव नरहेको देउवाले प्रष्ट पारेका छन् । चुनाव सकिए लगतै संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, दोस्रो चरणको चुनावअघि संविधान संशोधनको सम्भावना छैन । स्थानीय तहको दोस्रो चुनाव सकिनासाथ विपक्षी दलका नेताको समेत सहमति लिएर पारित गराउनुपर्छ ।’ देउवाले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा सरकार संवेदनशील रहेको र मधेशवादी दललाई चुनावमा ल्याउने वातावरण बनाउन आफूले प्रयास गरिरहेको बताए । साथै चुनावमा आउन राजपालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले मधेसी नेताहरुलाई भने, ‘म मधेसकेन्द्रित दलहरुलाई के आग्रह गर्न चाहन्छु भने अहिले हामीले चाहँदाचाहँदै पनि संविधान संशोधन गर्न सकिएन । तर, म विश्वास दिलाउन चाहन्छु, चुनावपछि म संविधान संशोधन गरेर छाड्नेछु् । प्रतिपक्षले पनि सघाउँछ भन्ने विश्वास छ । तपाईहरु चुनावमा भाग लिनोस् ।’
स्थानीय चुनाव अघि संविधान संशोधन गर्न सम्भव नरहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, चुनाव सुरु हुने भइसक्यो, चुनाव सकिनासाथै प्रतिपक्षी दलका नेताहरुले कुरा गरेर संशोधन गर्न सकिने विश्वास छ ।’
अर्को एक प्रसंगमा देउवाले भरतपुरको मतपत्र च्यातिएको कुरालाई धेरै नउचाल्न एमालेलाई आग्रह गरे । मतपत्र बिगतमा पनि च्यातिएको भन्दै उनले यसबारे निर्णय गर्ने अधिकार संवैधनिक निकाय निर्वाचन आयोगको भएको बताए । उनले मतपत्र च्यातिनुलाई कांग्रेसले र आफूले कहिल्यै राम्रो नभएको उनले बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












