दुई दिन देखि बन्द बागलुङ फिर्ता
बागलुङ, २६ जेठ । बिहीबारदेखि बन्द रहेको बागलुङ बजार शुक्रबार दिउँसोबाट खुलेको छ । बेपत्ता युवकको खोजीको माग गर्दै पीडित पक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएका थिए । अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका ३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए ।
मङ्गलबार साँझ पर्वत बागलुङको सीमास्थल मालढुङ्गाबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा कालीगण्डकी नदीतिर भागेका पुन अझै बेपत्ता छन् । सत्यतथ्य छानबिन, बेपत्ताको खोजी र दोषीमाथि कारबाहीको लागि प्रशासनलाई जिम्मेवार हुन माग गर्दै बन्द फिर्ता लिइएको सङ्घर्ष समितिले जनाएको छ ।
समयमै माग पूरा नभए पुनः आन्दोलनमा जाने समितिका सदस्य नरेश कँडेलले बताए । बागलुङदेखि कुश्मा जाँदै गरेको ध १ ज ४१४ नंको ट्याक्सी चेकजाँच गर्दा लागुऔषधसहित भेटिएका पुनलाई पक्राउ गर्न खोज्दा उनी भागेको प्रहरीले जनाएको छ । पुनसँगै सवार अन्य दुई युवालाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । रासस
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












