ताजा समाचार

काम गर्ने क्रममा आठौं तलाबाट खसेर युएईमा एक नेपाली युवतीको ज्यान गयो

युएई, २६ जेठ । काम गर्ने क्रममा आठौं तलबाट खसेर एक नेपाली युवतीको ज्यान गएको छ । मोरङको इटहरा ९ की २६ वर्षीया सविन खड्काको काम गर्ने क्रममा सिँढीबाट लडेर ज्यान गएको हो । आठौं तलाबाट खसेका सविनको घट्ना स्थलमै ज्यान गएको आबुधाबी हेल्थ अथोरिटीले गरेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

उनको शव बुधवार नेपाल ल्याइएको छ । कम्पनीले मृत्युको कारण सहित कानुनी प्रकृया पुरा गरेपछि शव नेपाल ल्याइएको हो । बीमा बापतको रकम आउन समय लाग्ने भएकाले शव नेपाल पठाइएको र बाँकी कानुनी प्रकृया परिवारको सिफारिसमा दूतावासले गर्ने दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिए ।

सविन बिन मजिद होटल एन्ड रिसोर्ट अन्तर्गत आबुधाबीको मुसरिफ मल नजिकै रहेको नेहाल होटलमा कार्यरत थिए । उनी गएको बैशाख १४ गतेबाट हाउसकिपिङको काममा युएई आएकी थिईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org