ताजा समाचार

६ वर्ष अघि लडाकू समूहको कब्जामा परेका लिबियाका पूर्वशासक गद्दाफीका छोरा मुक्त

काठमाडौं, २८ जेठ । लिबियाका पूर्वशासक मुअम्मर गद्दाफीका छोरा सइफ अल इस्लाम गद्दाफी लडाकु समूहको कब्जा मुक्त भएका छन् ।
६ वर्षअघि लिबियाको जिन्तान शहरमा एउटा मिलिसिया समूहले गद्दाफीका उत्तराधिकारी मानिएका दोस्रो छोरा सेफ अल इस्लाम गद्दाफीलाई कब्जामा लिएको थियो ।

तर सो समूहले मानवअधिकारवादी संगठन एम्नेस्टीको जिम्मा लगाएर उनलाई मुक्त गरेको जनाइएको छ । सन् २०१५ मा त्रिपोलीको एउटा अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर मिलिसिया समूहले उनलाई अदालत समक्ष बुझाउन अस्वीकार गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org