चुनावमा नजाने बताईरहेको राजपा र सत्तारुढ दलबीच आज पनि छलफल हुँदै
काठमाडौं, २८ जेठ । सत्तारुढ दलहरुले राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा सहभागी गराउन आज पनि प्रयास जारी राख्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले राजपाको अध्यक्ष मण्डलका नेतासँग छलफल गर्न लागेका हुन् ।
बैठकमा राजपाले भनेजस्तो संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्ने सम्भावना नरहेको र पटकपटक सारिएको चुनावको मिति अझै सार्न नसकिने भएकाले राजपाका बाँकी माग पूरा गर्नेबारे छलफल हुने नेताहरुको भनाई छ ।
मधेश आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा, घाइतेको उपचार खर्च र मुद्दा फिर्ता लिने लगायतका विषयमा लचिलो हुने सत्तापक्षले तयारी गरेको सत्तारुढ दलका नेताहरुको भनाई छ । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बरु चुनावै बिथोल्ने बताउँदै आएको राजपाका नेतालाई पनि चुनावमा भाग लिन पार्टीभित्रै र बाहिरबाट पनि दबाब बढ्दै गएको छ ।
राजपा बाहेकका सवै पार्टीले चुनावको तयारी तीब्र पारिसकेको र २० वर्षपछि हुन लागेको स्थानीय स्तरको चुनाव हुन नदिनु आफ्नो क्षेत्रको विकास विरोधी काम हुने भएकाले माग पूरा गर्न सरकारलाई थप प्रतिबद्ध बनाएर चुनावमा माग लिनुपर्ने दबाब राजपाभित्र पनि बढ्दै गएको छ ।
शनिवार भएको छलफलमा पनि राजपा नेताहरुले चुनावको मिति सार्न माग गरेका थिए । तर सत्तारुढ दलहरुले राजपाको उक्त मागलाई ठाडै अस्वीकार गरेका थिए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...
-
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार,...
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












