फोहोर भयो भन्दै प्रधानमन्त्री देउवा अझै बालुवाटार सरेनन्, रंग लगाउने कार्य जारी
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक सातापछि मात्रै सरकारी निवास बालुवाटार सर्ने भएका छन् । बालुवाटारमा अहिले नयाँ रंग लगाउने काम भइरहेकोले देउवा एक सातापछि मात्रै सर्ने भएका हुन् । प्रधानमन्त्री कहिले बालुवाटार सर्नुहुन्छ भन्ने प्रश्नमा देउवानिकट स्रोतले ‘सरसफाइ गर्नुपर्यो, भर्खर त रंग लगाउन सुरु गर्दैछन्, अझै एक साता लाग्न सक्छ ।’
देउवाको सपथ ग्रहणकै दिन निवर्तमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छाडिसकेका छन् । तर, सरसफाइ गरेरमात्रै नयाँ प्रधानमन्त्री देउवाको बालुवाटार बसाइँ प्रारम्भ हुने जनाईएको छ ।
हाल बूढानीलकण्ठमा बस्दै आएका प्रधानमन्त्री देउवा बालुवाटार नसर्दासम्म उनलाई भेट्न जाने कर्मचारी र पार्टीका नेताहरुको लामो यात्रा गर्नुपरेको छ । बूढानीलकण्ठस्थित देउवा निवास रिङरोड भन्दा बाहिर भएकाले आवत जावतमा अलि अपायकमा पर्छ । करिब १२ वर्षपछि बालुवाटारमा सर्न लागेका प्रधानमन्त्री देउवा यसअघि ३ पटक प्रधानमन्त्री हुँदा बालुवाटारमा बसिसकेका छन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












