पुरुष यात्रीले ध्यान दिनुस्….. मा खुट्टा फैलाएर नबस्नुहोला
काठमाडौं, २८ जेठ । स्पेनको राजधानी मड्रिडमा सार्वजनिक गाडीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने नियम लागु भएको छ । नियम लागु गर्दै स्पनेको यातायात विभागले सार्वजनिक गाडीको सिटमा खुट्टा फैलाएर बस्ने पुरुष यात्रु विरुद्ध अभियान चलाएको छ । मड्रिडमा सर्वाजनिक गाडी सञ्चालन गर्दै आएको इएमटीले गाडीमा नयाँ संकेट राखेको छ, जसमा पुरुष यात्रुलाई सिटमा फैलिएर बस्न मनाही गरिएको छ ।
अहिले शहरको मेट्रो सिस्टममा यो अभियान सुरु गरिएको छ । एक महिला संगठनले यात्राको क्रममा पुरुष सिटीमा फैलिएर बस्दा महिलालाई समस्या भएको भन्दै अनलाईन मार्फत गरिएको अपिलपछि नयाँ नियम लागु गरिएको हो ।
बसमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्नुलाई अंग्रेजीमा म्यानस्प्रेडिङ भनिन्छ । यो शब्दलाई दुई वर्ष पहिले अक्सफोर्ड डिक्सनेरीमा सामेल गरिएको थियो । मड्रिडअघि विश्वका अरु चार शहरमा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो ।
पुरुष यात्रुले खुट्टा फैलाएर बस्दा महिला यात्रुसहित अरुलाई यात्रामा समस्या हुने गरेको बीबीसीले उल्लेख गरेको छ । यसरी खुट्टा फैलाएर बस्दा अर्को यात्रुको सिट पनि ओगट्ने भएकाले समस्या हुने गरेको छ । यसअघि सन् २०१४ मा अमेरिकाको न्युयोर्कमामा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











