वायुसेवा निगमलाई एयरबस किन्न कर्मचारी सञ्चय र नागरिक लगानी कोषले २४ अर्ब रुपैयाँ दिने
काठमाडौं, २९ जेठ । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस किन्ने पैसाको व्यवस्था हुने भएको छ । एयरबस किन्न वित्तीय श्रोत नपाएर त्यक्तिकै बसिरहेको निगमलाई कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले २४ अर्ब रुपैयाँ दिने भएका छन् । त्यसको लागि कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । आज नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्दैछ ।
निगमले यसअघि नै पोर्चुगिज हाई-फ्लाई र अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइडबडीको खरिद सम्झौता गरिसकेको छ । सञ्चय कोषसँग मात्रै १२ अर्ब रुपैयाँ ऋण लिने गरी सम्झौता भएको निगमले जनाएको छ । ऋणको अवधि १५ वर्षको हुनेछ । निगमलाई कोषले सरकारको जमानीमा ऋण दिने गरी सम्झौता गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२र१२ अर्ब रुपैयाँ ऋण लिन लागेको हो ।
दुबै कोषले हाललाई ९ प्रतिशत ब्याजदरमा ऋण दिएका छन् । तर, सञ्चय कोषसँगको सम्झौतामा आफ्ना सञ्चयकर्तालाई दिइने ब्याजदरभन्दा २१.५ प्रतिशत ब्याजदर कायम रहने उल्लेख छ । अहिलेको ब्याजदरका आधारमा ९ प्रतिशत कायम भएपनि कोषले सञ्चयकर्तालाई ब्याज बढाएमा ऋणको ब्याजदर पनि बढ्नेछ ।
सुरुवातमा निगमले अब दुबै कोषबाट ४ अर्ब देखि ४ अर्ब २५ करोड रुपैयाँसम्मको पहिलो भुक्तानी लिनेछ । निगमले पहिलो विमान सन् २०१८ को अप्रिलसम्म आइसक्ने गरी सम्झौता गरेको छ । दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने छ ।
दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर (२१ अर्ब ९० करोड रूपैयाँ) मा खरिद गर्ने गरी सम्झौता भएको छ । यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागिएको यो पहिलोपटक हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












