मुम्बई उच्च अदालतको महत्वपूर्ण आदेशः हिन्दू कानुनअनुसार एक रातसँगै सुत्नु विवाह होइन
काठमाडौं, २९ जेठ । हिन्दू कानुनअनुसार महिला पुरुष एक रातसँगै सुत्नु विवाह नहुने भारतको एक उच्च अदालतले फैसला गरेको छ । विवाह र शारीरिक सम्पर्कबारे मुम्बई उच्च अदालतले महत्वपूर्ण आदेश जारी गर्दै विवाह मान्नलाई हिन्दू कानुनअनुसार मात्रै हुने बताएको छ । हिन्दू कानुनको अधिनमा रही अदालतले सुनाएको फैसलाअनुसार महिला र पुरुष एकरात सँगै सुत्नु अथवा उनीहरुबीचको शारीरिक सम्पर्क भएकै भरमा त्यो विवाह ठहर हुने छैन। विवाह नगरी त्यस्तो सम्बन्धबाट जन्मिएका सन्तानले पिताको सम्पतिमा अधिकार राख्न नसक्ने अदालतको आदेश छ।
परम्परागत रुपमा समारोहबीच वैवाहिक कार्यक्रम गरेको अथवा कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा मात्र विवाह सम्बन्धले मान्यता पाउने अदालतले जनाएको छ। ‘कुनै संयोग, दुर्घटना अथवा अन्य कुनै किसिमबाट भएका यौन सम्पर्क विवाह होइनन्’, मुम्बई उच्च अदालतकी न्यायाधीश मृदुला बख्तरले भनिन्।
अदालतले हिन्दू विवाह ऐनको दफा १६ लाई उल्लेख गर्दै विवाहको परिभाषा गरे पनि समाज परिवर्तन भइरहेको फैसलामा उल्लेख छ। ‘केही मुलुकहरुमा होमोसेक्सुवल सम्बन्ध विवाहको रुपमा स्वीकारिएका छन्, लिभ इन रिलेशनसीपबाट बच्चा जन्मिँदा सम्बन्धको परिभाषा गर्न अप्ठ्यारो हुँदै गएको छ’, उनले भनिन्। एक जना दोस्रो विवाह गरेका पुरुषको मुद्दामा फैसला सुनाउँदै अदालतले उनको दोस्रो विवाहलाई रद्द गरिदिएको हो।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











