ताजा समाचार

अब साउदीमा नेपालीसहितका आप्रवासी कामदारले मासिक १ सय रियाल ‘लेभि’ तिर्नुपर्ने


काठमाडौं, २९ जेठ । साउदीमा काम गर्ने नेपालीसहितका आप्रवासी कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । साउदीमा कार्यरत आप्रवासीले अब प्रत्येक महिना १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदी सरकारले जनाएको छ ।

अहिले साउदीमा कार्यरत आप्रवासी कामदारको लागि प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको थियो । तर यसले साउदीको राजस्वमा घाटा भएको भन्दै कामदारबाट लिने नियम ल्याइएको साउदी सरकारले जनाएको छ ।

सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पुर्‍याउने साउदीको लक्ष्य रहेको छ । देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org