सर्पले श्रीमानलाई टोक्यो, सँगै मर्ने भन्दै श्रीमानले श्रीमतीलाई टोके
काठमाडौं, ३० जेठ । सर्पको टोकाईपछि एक व्यक्तिले सँगै बाँच्ने सँगै मर्ने भन्दै श्रीमतीलाई टोकेका छन् । श्रीमतीलाई डाक्टरले बचाएका छन् भने श्रीमानको ज्यान गएको छ । भारत पटनाबाट झण्डै ९० किलोमिटर उत्तर समस्तीपुर जिल्ला वीरसिंहपुर गाउँका शंकर राईलाई गएको शनिबार राति सुतिरहेका बेला सर्पले टोकेको थियो ।
बिहान उठ्दा उनले आफूलाई सर्पले टोकेको थाहा पाएका थिए । आफू धेरै नबाँच्ने थाहा पाएर निकै भावुक भएका उनले हतारिँदै श्रीमती भएठाउँ गई उनको हातमा टोकेका थिए । उनले श्रीमती अमिरी देवीलाई आफूलाई निकै माया लाग्ने र सँगै मर्ने भन्दै हातमा टोकेका थिए । त्यसलगत्तै उनी अचेत भए । त्यसपछि अस्पताल पुर्याइएका उनीहरुमध्ये श्रीमानको ज्यान गयो ।
श्रीमतीको भने समयमै उपचार पाएकाले ज्यान जोगियो । स्थानीय अस्पतालका डाक्टर जयकान्तले श्रीमती अमिरीको अवस्था अहिले सामान्य भएको बताए । अमिरीले श्रीमानले आफूलाई निकै माया गर्ने भन्दै हातमा टोक्न लागेको र आफूले पनि केही नभनी टोक्न दिएको बताईन् । तर श्रीमान शंकरको इच्छा भने पूरा भएन ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











