‘घोडा चोर’ को उपमा पाएकालाई मन्त्री बनाउन लागिएको भन्दै प्रचण्ड निवासमा बबण्डर
काठमाडौं, ३० जेठ । प्रदेश संयोजक लेखराज भट्टले स्वेच्छाचारी ढंगले मन्त्री सिफारिस गरेको भन्दै माओवादी केन्द्रको सात नम्बर प्रदेशका नेता कार्यकर्ता असन्तुष्टि व्यक्त गरेका छन् । निर्वाचनको मुखमा आएर मन्त्री छनोटले पार्टीमा विवादको रुप लिएपछि नेतृत्व तह गम्भीर भएको छ । भट्ट विरोधी खेमाका सुदूरपश्चिमका नेताहरुले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तीव्र असन्तुष्टि जनाएका छन् ।
हेडक्वार्टर सदस्य सेमत रहेका भट्टले बाजुराका सांसद कर्णबहादुर विकलाई मन्त्री बनाउन अध्यक्ष प्रचण्डसहितका नेतालाई दबाब दिँदै आएका छन् । भट्टले विक मन्त्री नभए पार्टी नै छाड्ने चेतावनी समेत उनले नेतृत्वलाई दिएका छन् ।
भट्टविरुद्ध लाजिम्पाटमा डेलिगेशन गएका नेताहरुले संस्थागत ढंगले निर्णय नभए त्यसको मूल्य चुक्ता गर्नका लागि तयार भएर बस्न प्रचण्डलाई चेतावनी दिएका छन् । ‘म नै पार्टी हुँ, मैले गरेको निर्णय नै सही र अन्तिम हुन्छ भन्ने व्यक्तिले पार्टी छाड्छु भन्दैमा तपाईं डराएर खुरुखुरी जे भन्यो त्यही मान्नुहुन्छ भने हामीले सामूहिक रुपमा पार्टी छाड्छौं तपाईं के गर्नुहुन्छ ?’, भेटमा सहभागी नेताले प्रचण्डलाई भने ।
भट्टले पार्टीको नेताका रुपमा भन्दा पनि आफूलाई मालिक ठान्ने चरित्र देखाएको आरोप उनीहरुको थियो । ‘म मालिक हुँ , अरु कारिन्दा हुन् भन्ने भावना लेखराजजीमा देखियो’, भेटमा सहभमागी एक नेताले भने, ‘उहाँले आफूलाई मालिक सोच्नुभएको छ भने हामी पनि केही हौं ।’ नेताहरुले मन्त्री बनाउँदा व्यक्तिको सक्षमता, योग्यता, कार्यकुशलता र इतिहास हेर्न सुझाएका थिए । उनीहरुले मन्त्रीमा कैलालीका सांसद हरि ज्ञवाली र राज्यमन्त्रीमा बझाङका जनक बुढालाई सिफारिस गरेका छन् । ज्ञवाली र बुढा सुदूरपश्चिम क्षेत्रका स्वच्छ छवि भएका र लोकप्रिय नेता भन्दै उनीहरु जसरी पनि मन्त्री हुनुपर्ने दाबी सो समूहको छ ।
भट्टका प्रिय विक घोडा चोर
स्रोतका अनुसार प्रचण्डसँगको भेटमा सुदूरपश्चिमका नेताले भट्टले प्रिय ठानेका विकमाथि घोडा चोरको आरोप लगाए । घोडा चोरेको र सांसद भएपछि पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न लोभ गरेका कारण जिल्लामा विक बदनाम रहेको उल्लेख गरे । ‘जिल्लामै बदनाम छवि छ’, एक नेताले भने, ‘सबैले घोडा चोरका नामले चिन्ने गरेका छन् ।’ विकलाई प्रहरीले चोरी भएका तीन घोडासहित पक्राउ गरेर थुनामा राखेको रिपोर्टसमेत प्रचण्डलाई दिए । उनीहरुका अनुुसार बाजुरा पोल्टीका एक व्यक्तिले आफ्नो घोडा हराएको सूचना प्रहरीमा दिएका थिए ।
चोरी भएको घोडा खोज्न खटिएको प्रहरी टोलीले विकलाई सदरमुकाम मार्तडी नजिकैबाट हराएका घोडासहित पक्राउ गरेको थियो । यस्तै बाजुरा जिल्ला कमिटीले समेत विकलाई मन्त्री बनाइए सामूहिक रुपमा पार्टी छाड्ने चेतावनी दिएको छ । ‘जुन व्यक्तिको पक्षमा आफ्नै जिल्लामा र गाउँमा एकजना छैन । सांसद भएपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेकामा एउटा लोकप्रिय दैनिक पत्रिकामा कार्टुन नै छापियो । घोडा चोरको छवि छ’, भेटमा सहभागी अर्का एक नेताले भने, ‘इमान्दार र क्षमतावानको मूल्यांकन नहुने र घोडा चोरहरु पुरस्कृत हुने हो भने हामी किन पार्टीमा बस्ने ?’ प्रचण्ड भेट्न सुदूरपश्चिमका पोलिट्ब्युरो सदस्यहरु खगराज भट्ट, वीरमान थारु, टेकेन्द्र भट्ट, रेणु चन्द र हरि ज्ञवालीलगायत लाजिम्पाट पुगेका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












