‘घोडा चोर’ को उपमा पाएकालाई मन्त्री बनाउन लागिएको भन्दै प्रचण्ड निवासमा बबण्डर
काठमाडौं, ३० जेठ । प्रदेश संयोजक लेखराज भट्टले स्वेच्छाचारी ढंगले मन्त्री सिफारिस गरेको भन्दै माओवादी केन्द्रको सात नम्बर प्रदेशका नेता कार्यकर्ता असन्तुष्टि व्यक्त गरेका छन् । निर्वाचनको मुखमा आएर मन्त्री छनोटले पार्टीमा विवादको रुप लिएपछि नेतृत्व तह गम्भीर भएको छ । भट्ट विरोधी खेमाका सुदूरपश्चिमका नेताहरुले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तीव्र असन्तुष्टि जनाएका छन् ।
हेडक्वार्टर सदस्य सेमत रहेका भट्टले बाजुराका सांसद कर्णबहादुर विकलाई मन्त्री बनाउन अध्यक्ष प्रचण्डसहितका नेतालाई दबाब दिँदै आएका छन् । भट्टले विक मन्त्री नभए पार्टी नै छाड्ने चेतावनी समेत उनले नेतृत्वलाई दिएका छन् ।
भट्टविरुद्ध लाजिम्पाटमा डेलिगेशन गएका नेताहरुले संस्थागत ढंगले निर्णय नभए त्यसको मूल्य चुक्ता गर्नका लागि तयार भएर बस्न प्रचण्डलाई चेतावनी दिएका छन् । ‘म नै पार्टी हुँ, मैले गरेको निर्णय नै सही र अन्तिम हुन्छ भन्ने व्यक्तिले पार्टी छाड्छु भन्दैमा तपाईं डराएर खुरुखुरी जे भन्यो त्यही मान्नुहुन्छ भने हामीले सामूहिक रुपमा पार्टी छाड्छौं तपाईं के गर्नुहुन्छ ?’, भेटमा सहभागी नेताले प्रचण्डलाई भने ।
भट्टले पार्टीको नेताका रुपमा भन्दा पनि आफूलाई मालिक ठान्ने चरित्र देखाएको आरोप उनीहरुको थियो । ‘म मालिक हुँ , अरु कारिन्दा हुन् भन्ने भावना लेखराजजीमा देखियो’, भेटमा सहभमागी एक नेताले भने, ‘उहाँले आफूलाई मालिक सोच्नुभएको छ भने हामी पनि केही हौं ।’ नेताहरुले मन्त्री बनाउँदा व्यक्तिको सक्षमता, योग्यता, कार्यकुशलता र इतिहास हेर्न सुझाएका थिए । उनीहरुले मन्त्रीमा कैलालीका सांसद हरि ज्ञवाली र राज्यमन्त्रीमा बझाङका जनक बुढालाई सिफारिस गरेका छन् । ज्ञवाली र बुढा सुदूरपश्चिम क्षेत्रका स्वच्छ छवि भएका र लोकप्रिय नेता भन्दै उनीहरु जसरी पनि मन्त्री हुनुपर्ने दाबी सो समूहको छ ।
भट्टका प्रिय विक घोडा चोर
स्रोतका अनुसार प्रचण्डसँगको भेटमा सुदूरपश्चिमका नेताले भट्टले प्रिय ठानेका विकमाथि घोडा चोरको आरोप लगाए । घोडा चोरेको र सांसद भएपछि पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न लोभ गरेका कारण जिल्लामा विक बदनाम रहेको उल्लेख गरे । ‘जिल्लामै बदनाम छवि छ’, एक नेताले भने, ‘सबैले घोडा चोरका नामले चिन्ने गरेका छन् ।’ विकलाई प्रहरीले चोरी भएका तीन घोडासहित पक्राउ गरेर थुनामा राखेको रिपोर्टसमेत प्रचण्डलाई दिए । उनीहरुका अनुुसार बाजुरा पोल्टीका एक व्यक्तिले आफ्नो घोडा हराएको सूचना प्रहरीमा दिएका थिए ।
चोरी भएको घोडा खोज्न खटिएको प्रहरी टोलीले विकलाई सदरमुकाम मार्तडी नजिकैबाट हराएका घोडासहित पक्राउ गरेको थियो । यस्तै बाजुरा जिल्ला कमिटीले समेत विकलाई मन्त्री बनाइए सामूहिक रुपमा पार्टी छाड्ने चेतावनी दिएको छ । ‘जुन व्यक्तिको पक्षमा आफ्नै जिल्लामा र गाउँमा एकजना छैन । सांसद भएपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेकामा एउटा लोकप्रिय दैनिक पत्रिकामा कार्टुन नै छापियो । घोडा चोरको छवि छ’, भेटमा सहभागी अर्का एक नेताले भने, ‘इमान्दार र क्षमतावानको मूल्यांकन नहुने र घोडा चोरहरु पुरस्कृत हुने हो भने हामी किन पार्टीमा बस्ने ?’ प्रचण्ड भेट्न सुदूरपश्चिमका पोलिट्ब्युरो सदस्यहरु खगराज भट्ट, वीरमान थारु, टेकेन्द्र भट्ट, रेणु चन्द र हरि ज्ञवालीलगायत लाजिम्पाट पुगेका थिए ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












