ताजा समाचार

पनामाद्धारा ताइवानसँगको सम्बन्ध तोड्दै चीनसँग सम्बन्ध स्थापित

काठमाडौं, ३० जेठ । पनामाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै चीनसँग सम्बन्ध जोडेको छ । पनामाले एक चीन नीतिलाई मान्यता दिँदै चीनसँग सम्बन्ध स्थापित गरेको हो । ताइवानको विदेश मन्त्रालयले भने विज्ञप्तिमार्फत् पनामाको कदमप्रति आक्रोश र खेद जनाएको छ ।

चीनले ताइवानलाई आफूबाट अलग भएको प्रान्त मान्दै आएको छ । ताइवानसँग अहिले २० ओटा मुलुककोमात्र कूटनीतिक सम्बन्ध रहेको छ । पछिल्ला वर्षहरुमा चीनले मध्य अमेरिकी मुलुकहरुमा लगानी बढाउँदै आएको छ । मध्य अमेरिकी मुलुकमै पनामा नहर पर्छ । जसलाई विश्व व्यापारका लागि महत्वपूर्ण मानिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org