ताजा समाचार

उत्तर कोरियाले जेलमा रहेका अमेरिकी विद्यार्थी रिहा गर्‍यो

काठमाडौं, ३१ जेठ । उत्तर कोरियाले जेलमा रहेको अमेरिकी विद्यार्थी ओटो वार्मबियरलाई रिहा गरेको छ । तर वार्मबियर कोमा रहेको उनका अभिभावकले बताएका छन् । वार्मबियर एक वर्षसम्म कोमामा रहेको परिवारले बताएका छन् ।

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले २२ वर्षका वार्मबियरलाई अमेरिका फर्काइएको बताएका छन् । वार्मबियरलाई उत्तर कोरियाले गएको हप्ता जेलबाट रिहा गरेको र उनी गएको वर्षको मार्चदेखि नै कोमा रहेको थाहा पाएको अभिभावकले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् ।

उत्तर कोरियाले वार्मबियरलाई गएको वर्ष आफ्नो देश विरुद्ध प्रोपोगाण्डा बनाएको भन्दै होटलबाट पक्राउ गरेको थियो । उत्तर कोरियाले वार्मबियरलाई १५ वर्षसम्म कडा श्रम गर्नु पर्ने सजाय सुनाएको थियो । भर्जिनिया विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी वार्मबियर गएको वर्षको जनवरी २ मा उत्तर कोरिया भ्रमणमा रहेका बेला पक्राउ परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org