सत्तापक्षबाट फेरी चुनाव सार्ने कुरा चलेपछि एमालेले स्थायी समिति बैठक बस्दै
काठमाडौं, ३१ जेठ । सत्तापक्षबाट चुनाव सार्ने कुरा आएपछि एमालेले स्थायी समिति बैठक बोलाएको छ । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र राजपा नेताहरुबीच चुनावको मिति फेरी सार्ने विषयमा छलफल गरेपछि प्रमुख विपक्षी दल नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको हो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र दुई नम्बर प्रदेशका उम्मेदवारहरूका विषयमा समेत छलफल हुने एमालेले जनाएको छ । धुमबाराहीस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने एमालेले जनाएको छ । सत्तारुढ दलहरूले निर्वाचन सार्न प्रस्ताव गरेपछि रिसाएको एमालेले सो विषयमा कस्तो धारणा बनाउने भन्ने बारेमा पनि रणनीति बनाउनेछ ।
एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा हुनुपर्ने अडान राख्दै आएको छ । बैठकमा दुई नम्बर प्रदेश विशेष गरेर जनकपुर उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकामा क–कसलाई मेयर र उपमेयरको टिकट दिने भन्नेबारेमा पनि छलफल हुनेछ ।
सत्तापक्षले २ नम्बर ५ नम्बर प्रदेशको चुनाव मिति फेरी सार्ने चर्चा चलिरहेको छ । सत्तारुढ दलहरुले चुनाव सारेमा राजपा चुनावमा आउने लिखित प्रतिबद्धता मागिरहेका छन् । तर राजपाले भने चुनाव पनि सार्नुपर्ने र संविधान पनि संशोधन गर्नुपर्ने अडान राखिरहेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












