इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकबाट ‘घृणा फैलाउने’लाई मृत्युदण्डको सजाय
काठमाडौं, १ असार । फेसबुकमा निन्दा तथा घृणाजन्य सामाग्रीहरु पोष्ट गर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा तैमुर राजा नाम गरेका व्यक्तिलाई पाकिस्तानको एक अदालतले मृत्युदण्डकोे फैसला सुनाएको हो ।
सोसल मिडियासँग सम्बन्धित मुद्दामा कुनै अभियुक्तलाई मृत्युदण्डको फैसला गरिएको यो सायद पहिलो घटना हो । उता फेसबुकमा लेखेको विषयलाई लिएर मृत्युदण्ड दिने फैसलाको विषयमा मानव अधिकारवादीहरुले चासो व्यक्त गरेका छन् । यस विषयमा फेसबुक आफैंले चाहिँ कुनै टिप्पणी गरेको छैन ।
गत मार्चमा फेसबुकले एक जानकारी दिँदै पाकिस्तानमा फेसबुकका घृणाजन्य सामाग्रीहरु सम्बन्धी सरकारी चासोलाई सम्बोधन गर्न एक टोली पाकिस्तान पठाउन लागेको जनाएको थियो । तर आफ्ना प्रयोगकर्ताको गोपनियता तथा अधिकारको रक्षा गर्ने अझै पनि आफ्नो इच्छा रहेको फेसबुकको भनाइ थियो ।
पाकिस्तानको राजधानी इस्लामावादभन्दा ४९८ किलोमिटर टाढा रहेको बहावालपुरस्थित आतंकवादविरोधी अदालतले अभियुक्त राजामाथिको मुद्दामा सुनुवाई गरेको थियो । बस स्टपमा आफ्नो फोनबाट धार्मिक निन्दायुक्त भाषण तथा अडियो सामग्रीहरु सुनाएसँगै उनलाई पक्राउ गरिएको थियो । पछि उनको फोन बरामद गरेर अनुसन्धान गरिएको थियो ।
आफूमाथिको मृत्युदण्डको फैसलाविरुद्ध राजाले लाहोर उच्च अदालत तथा अन्त्यमा पाकिस्तानको सर्वोच्च अदालतमा पनि पुनरावेदन गर्न सक्नेछन् । स्मरण रहोस् केही दिनअघि सोसल मिडियामा धार्मिक निन्दायुक्त सामग्री पोष्ट गरेको अभियोगमा एक प्राध्यापकमाथि पनि मुद्दा चलेको थियो र उनलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












