भारतीय दलाल भन्दै नेपाल पुलिस क्लबको गेटमै प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला जल्यो
काठमाडौं, २ असार । दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको हो । विद्यार्थीहरुले प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि नै पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले देउवा र प्रचण्डका विरुद्ध नाराबाजी समेत गरेका थिए ।
माउ पार्टी एमालले चुनाव सार्ने सरकारी निर्णयको हिजो नै विरोध गरेको थियो । सत्तारुढ दलहरुको बैठकले राजपालाई पनि चुनावमा सहभागी गराउन भन्दै २ नम्बर प्रदेशको चुनाव असोज २ गते गर्ने निर्णय गरेको थियो । अरु प्रदेशहरुको भने यथावत मिति असार १४ मै गर्ने निर्ण गरेका थिए । उक्त निर्णय गरेलगक्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राप्रपा लगायतका दलले विरोध जनाएका थिए । उनीहरुले राजपा सारिएको मितिमा पनि चुनावमा आउने कुनै ग्यारेन्टी नभएको भन्दै मिति सार्नु गलत भएको बताएका थिए ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












