दार्जिलिङमा प्रहरीको गोलीबाट मारिएकाको शवयात्रामा हजारौं नेपालीभाषी
दार्जिलिङ, ५ असार । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन् । शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्ड पक्षमा रहेका हजारौंले सहभागिता जनाएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिए ।
दार्जिलिङ बजारबाट सुरु भएको शवयात्रा पार्टी कार्यालय सिम्वाडीसम्म पुगेको शर्माले बताउनुभयो । गुरुङको शव भने साँझ मात्र दार्जिलिङ ल्याइएको थियो । शवयात्रापछि दुवै शव परिवारलाई जिम्मा लगाइएको छ ।
बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि चर्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको ज्यान गएको थियो । बंगाल सरकारले शनिबार रातिबाट इन्टरनेटसमेत बन्द गरिदिएको छ ।
आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल पनि बन्द गराएको छ । बंगालभाषाको बाध्यकारी अध्ययन व्यवस्थापछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन राज्य सरकारले प्रहरी र सेना परिचालन गरेको छ । उक्त घटनापछि मोर्चाका नेता भूमिगत छन् ।
आइतबार पनि दार्जिलिङको सडकमा सवारी चलेनन् भने विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प रहेको आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











