मानसरोवर जाने भारतीय पर्यटकको संख्या दोब्बरले बृद्धि, सिमिकोट भीड
हुम्ला, ५ असार । मानसरोवर कैलाश जाने भारतीय पर्यटकको संख्या बृद्धि भएको छ । मानसरोबरको मुख्यद्वार मानिने हुम्लाको सदरमुकाम सिमिकोटमा भारतीय पर्यटकको संख्यामा दोब्बरले वृद्धि भएको छ । मानसरोवर कैलाश यात्राका लागि सजिलो गन्तव्य सिमिकोट हुने भएकाले गत वर्षको तुलनामा दोब्वर पर्यटक बढेका हुन् ।
यो वर्ष करिव एक महिनामा मात्रै ५ हजारभन्दा बढी भारतीय पर्यटक सिमिकोट भित्रिएका छन् । मानसरोवर कैलाश दर्शनका लागि आउने भारतीय पर्यटकको बासस्थान भएकाले पनि सिमिकोटमा पर्यटकको घुइँचो लागेको छ । दैनिक १ सयदेखि ३ सयसम्म भारतीय पर्यटकले सिमिकोट हुँदै मानसरोवरको यात्रा गर्ने गरेका छन् ।
यो बर्ष वैशाख अन्तिम सातादेखि हालसम्म ५ हजार १ सय भारतीय पर्यटक भित्रिसकेका छन् । प्रत्येक वर्ष वैशाखदेखि भदौसम्म भारतीय पर्यटक सिमिकोट हुँदै मानसरोवरको यात्रा गर्दछन् । गत वर्ष ८ हजार भारतीय पर्यटक जिल्लामा भित्रिएका थिए भने यो वर्ष उक्त संख्या दोब्बरभन्दा बढी हुने पर्यटन व्यवसायीको अनुमान छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












