दार्जिलिङमा सबै सञ्चारमाध्यम बन्द गर्न सरकारको निर्देशन, ‘राज्य आतंक’ को संज्ञा
इलाम, ६ असार । दार्जिलिङमा सबै सञ्चारमाध्यम बन्द भएका छन् । अलग गोर्खाल्याण राज्यको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको छ।
इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय सेवा प्रदायक समेत मारमा परेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिनुभयो। उहाँले बंगाल सरकारको सो कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिनुभएको छ। बंगाल सरकारले इन्टरनेटको कारण हिंसा भड्कने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो। बंगाल सरकारको पहाड तथा गृह मामिला विभागले पत्रप ठाएर सेवा बन्द गर्न लगाएको हो।
आन्दोलनकारीले फोटो र भिडियो मार्फत सूचना प्रवाह गरेको बंगाल सरकारको विश्लेषण पछि सेवा बनद गरेको हो। शनिबार प्रदर्शनकारी र बंगाल प्रहरीबीच भएको भिडन्तमा तीन जनाको मृत्यु भएको खबरलाई अवेरसम्म प्रशासनले लुकाएपछि मोर्चाका कार्यकताले भिडियो र तस्बिर सार्वजनिक गरेका थिए। त्यसपछि मात्र प्रशासनले तीन जनाको मृत्यु भएको स्वीकार गरेको थियो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
बंगाल सरकारले दार्जिलिङर आसपासमा आइतबारसम्म तीनजना भन्दा बढी भेला नहुन आदेश दिए पनि दैनिक प्रदर्शन भइरहेको छ। सोमबार पनि दार्जिलिङका विभिन्न स्थान, कालेबुङ खरसाङमिरिक लगायतका सहरमा मौन जुलुस निस्केको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिनुभयो।
बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवम् गोर्खा टेरीटोरीयल एडमिनिस्टेटीव९जिटिए० प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको मृत्यु भएको थियो।
मोर्चाको आव्हानमा चलो पातलेवाँस अभियानको दोस्रो दिन मोर्चाको नारी मोर्चाले निकालेको डण्डी मोर्चामा प्रहरीले हस्तक्षेप गरेपछि भड्किएको मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि प्रहरीले दार्जिलिङको विजनवारी नजिक प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। मृतकको नाममा सहरका विभिन्न स्थानमा विद्यार्थी मोर्चाले केण्डील जुलुस निकालेको मोर्चाकी कार्यकर्ता अनिता बस्नेतले जानकारी दिनुभयो।
आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ। बंगाल सरकारले हिमाली, डि टीभीलगायतका स्थानीय च्यानल बन्द गराएको छ। बंगाल प्रहरीले पत्रकार विक्रम राईलाई यस अघि पक्राउ गरिसकेको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












